२३ चैत्र २०८२, सोमबार | April 6, 2026

कृषियोग्य जमिनको कित्ताकाट खुला



काठमाडौं । सरकारले तीन वर्षदेखि बन्द गरेको कृषियोग्य जग्गाको कित्ताकाट खुला गरेको छ ।

२०७४ सालदेखि बन्द रहेको कृषियोग्य जग्गाको कित्ताकाट भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले खुला गरेको हो । कृषि योग्य जग्गाको खण्डीकरणसम्बन्धी भएका पूर्वनिर्णयहरू बदर गरिएको भूमि व्यवस्था तथा गरिवी निवारण मन्त्रालयले जनाएकोछ ।

भूउपयोग नियमावली जारी ‘भू–उपयोग नक्शा;डाटा तयारग री स्थानीय तहलाई हस्तान्तरण भएपछि सो का आधारमा हुने गरी हाललाई भू–उपयोग ऐन, २०७६ र प्रचलित कानुनको परिधिमा रही जग्गाको कित्ताकाट सम्बन्धी व्यवस्था खुलाउ विभाग मार्फत मातहत कार्यालयहरुमा निर्देशन दिने मन्त्रीस्तरको निर्णय भएअनुसार कित्ताकाट खुला गरिएको हो ।

यसअघि २०७४ मा तत्कालिन भूमि व्यवस्था मन्त्री गोपाल दहितले कित्ताकाट बन्द गराएका थिए । यस्तै, २०७५ मा पनि जग्गाको खण्डीकरणका सम्बन्धमा कित्ताकाट रोक्ने आदेश जारी भएको थियो ।

मन्त्रालयले भूमी व्यवस्था तथा अभिलेख विभाग र नापी विभाग लगायतमा यो निर्णय परिपत्र गरिसकेको छ ।

मन्त्रालयले तीन वर्ष पहिला कृषियोग्य जमिनमा कित्ताकाट हुँदा कृषियोग्य जमिन नासिन गै खाद्य सुरक्षाको संकट उत्पन्न हुनसक्ने जनाउँदै खाद्य सुरक्षा र खाद्य सम्प्रभुताको संवैधानिक प्रत्याभूतिलाई सुनिश्चित गर्न भन्दै कित्ताकाटमा रोक लगाएको थियो ।

सरकारको यो निर्णयसँगै देशभर जग्गालाई खण्डिकरण गरी बेचबिखन गर्न बाटो खुलेको छ । यद्यपी ऐन नियम तथा नियमावलीले निषेध गरेका जग्गा भने कित्ताकाट गर्न पाइने छैन।

प्रकाशित मिति : २२ भदौ २०७७, सोमबार  २ : २१ बजे

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

आजको मौसम : लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको

राष्ट्र बैंकले तोक्यो बैंकहरुको नयाँ समय तालिका

नेपालगन्ज । सरकारले सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरुमा

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन

काठमाडौँ । सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान आज पनि १० ओटा मोटरसाइकल नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट