१८ जेष्ठ २०८३, सोमबार | June 1, 2026

निषेधाज्ञाकै बीच कर नतिरे जरिवाना लाग्ने सरकारी सुचना सच्याउन कांग्रेसको माग



काठमाडौँ । सरकारले उद्योगि ब्यवसायीहरुलाई पाकेको राजश्व (कर) तिर्न गरेको ताकेता प्रति नेपाली कांग्रेसको उद्योग तथा व्यापार विभागले बिरोध जनाएको छ ।

नेपाली कांग्रेसको भातृ संगठन उद्योग ब्यापार बिभागले निषेधाज्ञाकै बीचमा कर तिर्न र नतिरेमा जरिवाना लिन सरकारको निर्णय सच्याउन सरकारसँग माग गरेको छ। लामो समयको बन्दाबन्दी तथा जारी निषेधाज्ञाका कारण उद्योग व्यवसाय नै धरासायी भएका बेला सरकारले लिएको नीति हठमात्र भएको उद्योग ब्यापार विभागले ािश्कर्ष निकालेको छ ।

काँग्रेसको उद्योग ब्यापार विभागका सचिव दीर्घमान श्रेष्ठले मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै सरकारको कर असुल्ने निर्णय सच्याउन माग गरेको हो । विज्ञप्तिमा महिनाभर आवागमनमा रोक लगाउने रमसान्त सकिनै लाग्दा केबल कर उठाउनका लागि भाद्र २३, २४ र २५ गते तीन दिन बैंकहरु खुला गर्न तथा २५ गतेभित्रै कर विवरण तथा कर भुक्तानी गर्न सरकारले जारी गरेको सुचना गलत भएको उल्लेख गरिएको छ । ब्यवसायनै डुब्न लागेका बेला कर तिर्न ताकेता गर्ने अन्यथा नियम अनुसार जरिवाना लिने सरकारी हठ जनविरोधी र अव्यवहारिक भएको बिज्ञपीतमा भनिएको छ ।

विभागले निषेधाज्ञा खुलेपछिको एक महिनाभित्र कर दाखिला गर्ने सम दिन पनि सरकारसँग माग गरेको छ।

प्रकाशित मिति : २३ भदौ २०७७, मंगलबार  १० : ४४ बजे

संविधान संशोधनका लागि ४४ हजार बढी सुझाव प्राप्त

काठमाडौँ । संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले संविधान

३३ एसएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । सरकारले ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को

न्यायसम्पादनमा इमान्दारीपूर्वक लाग्न प्रधान न्यायाधीशको २१ बुँदे निर्देशन

काठमाडौँ । प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले उच्च अदालतका मुख्य न्यायाधीश

“रुपन्देहीको पर्यटन उद्योगका अवसर र चुनौती” : पर्यटन नीतिमा आमुल परिर्वतनको खोजी

बुटवल । नेपालको पर्यटन क्षेत्रमा रहेका समस्या समाधान गरि सो

सांसदले अमार्यादित र आपत्तिजनक व्यवहार गरेको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदको आइतबारको बैठकमा सांसद