४ चैत्र २०८२, बुधबार | March 19, 2026

ठेकेदारले जलविद्युत केन्द्र मर्मत गरेन, जुम्ला सदरमुकाम खलङ्गा अन्धकारमा



जुम्ला । जुम्ला सदरमुकाम खलङ्गा बजार अन्धकारमा रहेको छ । विसं २०४० मा निर्माण भएको यहाँको घुघुत्ती साना जलविद्युत् आयोजनाको अहिलेसम्म मर्मतसम्भार हुननसक्दा यहाँका उपभोक्ताले दशकौँदेखि दैनिक १८ घण्टा लोडसेडिङको मार खेप्दै आएका छन् ।

गत वर्ष विद्युत्को क्षमता विस्तारका लागि करिब तीन करोडको ठेक्का आह्वान गरेर भारतीय ठेकेदार सुरेन्द्र पासीले दुईवटा नयाँ मेसिन जडान गरेका थिए । मेसिन जडानकै क्रममा ठेकेदार पासी फरार भएपछि विद्युत् आपूर्ति बन्द भयो । चर्को विरोधपश्चात् ठेकेदार आएर टालटुल गरेर फर्र्किए तर एक दुई महिना नबित्दै लोडसेडिङ पुरानै अवस्थामा फर्कियो ।

मर्मतसम्भारका लागि नेपालस्थित भारतीय राजदूतावासले दुई करोड ६३ लाख ७७ हजार सहयोग गरेको थियो । त्यसमा साना जलविद्युत् उपभोक्ता समितिले ४५ लाख २२ हजार ९०० थपेको थियो । नयाँ मेसिन जडानका लागि तीन करोडमा ठेक्का सम्झौता गरिएको थियो ।

ठेकेदारले जुम्लावासीलाई झुक्याएर नक्कली मेसिन जडान गरेकै कारण अँध्यारोबाट मुक्ति पाउन नसकिएको नागरिक समाजका अध्यक्ष राजबहादुर महतले बताए । एक दिन बिजुली आउने अनि दुई दिन नआउने क्रम भए पनि विगत दुई सातादेखि जुम्ला सदरमुकाम खलङ्गामा अनिश्चितकालीन लोडसेडिङ हुने गरेकोे छ ।

‘प्रोग्राम लजिक कन्ट्रोल’ (पिएलसी) सफ्टवेयर बिग्रिएपछि अनिश्चितकालीन लोडसेडिङ भएको नेपाल विद्युत् प्राधिकरण जुम्लाका प्राविधिक प्रमुख हेमन्त साहुले बताए । “पिएलसी सफ्टवेयरविना विद्युत् उत्पादन तथा आपूर्ति सम्भव छैन । यो सफ्टवेयर पनि तिनै ठेकेदार पासीले सञ्चालन गरेका हुन्”, साहुले भने ।

उनका अनुसार जलविद्युत्को सबै सिस्टम कन्ट्रोल गर्ने, पानी फलो गर्ने सबै काम पिएलसी सफ्टवेयरकै हो । ठेकेदार कम्पनीले नै आएर पिएलसी सफ्टवेयर चालू नगरेसम्म खलङ्गामा लोडसेडिङ कायम रहने उनले बताए ।

ठेकेदार पासीकै शुभकामना जेभी कम्पनीले हाइड्रो मेकानिकल पार्टहरू मात्रै आपूर्ति गर्ने हो तर त्यसले हचुवाकै भरमा मेसिन जडान र सफ्टवेयर सञ्चालन गरेपछि पटकपटक विद्युत् सञ्चालनमा अवरोध हुँदै आएको छ । पासी नआएसम्म विद्युत् सञ्चालन मुस्किल भएको छ । कहिलेसम्म लोडसेडिङ हुने र कहिले ठेकेदार आउने कुनै टुङ्गो छैन । ठेकेदार पासीले सबै नक्कली सामानहरू मात्रै जडान गरेको नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रले जनाएको छ ।

चौरभरि उपकरण र डिजेल्ट प्लान्ट

गत वर्ष जुम्लामा अन्धकार भएपछि सांसद गजेन्द्रबहादुर महतले सांसद विकास कोषबाट डिजेल प्लान्ट खरिद गर्न २४ लाख ६० हजार रुपैयाँ उपलब्ध गराएका थिए । खरिद गरेर २०० केभी (१६० किलोवाट) क्षमताको उपकरण जुम्लामा पनि ल्याएर केही समय डिजेलबाट भए पनि बिजुली बल्यो तर डिजेलको खर्च थेक्न नसकिएपछि उक्त उपकरण पनि थन्किएको छ ।

त्यसैगरी जुम्लाको बिजुलीको विषयमा गत वर्ष सडकदेखि संसद्सम्म चर्को विरोध र आलोचना भएपछि विद्युत् प्राधिकरण केन्द्रीय कार्यालयले अर्को डिजेल प्लान्ट पनि पठायो तर डिजेल भने पठाएन । त्यो उपकरण पनि ल्याएदेखि एक दिन बिजुली नबालेरै थन्किएको तत्कालीन साना जलविद्युत् उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर बुढ्थापाले बताए ।

“विद्युतगृहको चौरभरि उपकरणले भरिएको छ तर यहाँका उपभोक्ताले नियमित बिजुली बाल्न पाएका छैनन्”, उनले भने “केन्द्रीय प्रसारण लाइन कहिले जिल्लामा आउने हो भन्ने कुनै टुङ्गो छैन ।”

प्रकाशित मिति : २४ भदौ २०७७, बुधबार  १० : ३१ बजे

बाँके कांग्रेसबाट एक महासमिति सदस्य र एक प्रदेश महाधिवेशन प्रतिनिधिलाई निष्काशनको सिफारिस

नेपालगन्ज । नेपाली काङ्ग्रेस बाँकेले एकजना महासमिति सदस्य र एक

प्रधानसेनापति सिग्देलद्वारा समसामयिक परिस्थितिबारे छलफल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

बुटवल, सैनामैना र तिलोत्तमाका डिलरहरुबाट लुकाएर राखिएका ५०० बढी ग्यास सिलिण्डर बरामद

बुटवल । रुपन्देहीमा उपभोक्ताले खाना पकाउने ग्यास पाउन मुस्किल पर्न

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन