२१ मंसिर २०८२, आइतबार | December 7, 2025

गगन थापा फेरि गर्जिए : कर्मचारीको काँधमा बन्दुक राखेर निषेधाज्ञाको गोली मात्रै नबर्साऊ !



काठमाडौं । पूर्व स्वास्थ्यमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता गगन थापाले निषेधाज्ञा जस्तो संवेदनशील विषय प्रशासनलाई सुम्पेर राजनीतिक नेतृत्व पन्छिन खोजेको आरोप लगाएका छन् ।

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप हुने या खुला गर्ने भन्नेबारेमा तर्क बिर्तक आइरहेका बेला नेता थापाले राजनीतिक नेतृत्व जिम्मेवारीबाट पन्छिन खोज्नु दुर्भाग्यपूर्ण भएको बताएका हुन् ।

सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै थापाले नेतृत्वको यस्तो व्यवहारले महामारीविरुद्धको लडाईलाई झन् कमजोर बनाउने जिकिर गरेका छन् ।

थापाले भनेका छन्, ‘जनस्वास्थ्यको दृष्टिले निषेधाज्ञा आवश्यक देखिए सो को कार्यान्वयनका लागि जिल्ला प्रशासन र प्रजिअलाई गुहार्नुपर्ने हो । तर जनस्वास्थ्यको विषयलाई नजरअन्दाज गरेर निषेधाज्ञा जस्तो संवेदनशिल विषय कार्यान्वयन गर्ने निकायलाई नै सवै निर्णय गर्ने जिम्मेवारी पनि थोपेर राजनीतिक नेतृतव जसरी पन्छिन खोजेको छ यो दुर्भाग्यपूर्ण छ ।’

काठमाडौं उपत्यकाका प्रजिअहरु कसैले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको भन्दै थापाले अहिलेको निषेधाज्ञाका सन्दर्भमा अब गम्भिर प्रश्न उठाउन आवश्यक रहेको जिकिर गरेका छन् ।

थापाले भनेका छन्, ‘आजको दिनमा कोरोना महामारीका सन्दर्भमा सरकारको उपस्थिति केबल दुई स्थानमा भेटिन्छ । पहिलो निषेधाज्ञा घोषणा गर्ने प्रजिअको रुपमा र दोस्रो साँझ ४ बजे कोरोना सम्बन्धी आँकाडा पढ्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ताको रुपमा ।’

कर्मचारीको अनुहार पछाडि लुकेको देशको राजनीतिक नेतृत्व बालुवाटारको आईसोलेसनमा रहेको बताउँंदै उनले प्रश्न गरेका छन्, ‘संसद बन्द गरिएको छ, सरकार एक शब्द बोल्दैन, आमनागरिक र जनप्रतिनिधिको कुरा सरकारसम्म पु-याउने सब माध्यम बन्द छन्, अनि प्रजिअको घोषणा र प्रवक्ताको अनुहार हेरेर हामीले सरकार पनि छ है भनेर मान्नु पर्ने ?’

थापाले सिडियो र प्रवक्ताको पछाडी लुकेर बसेको राजनीतिक नेतृत्व दुलोबाट निस्केर नागरिकसंग संवाद गर्ने हिम्मत गर्न चुनौती दिएका छन् । भनेका छन्, ‘अनेकन समस्याका बावजुद सिडियोको आदेश मानेर आम नागरिक घर भित्र बसिरहँदा, सरकार के गर्दै थियो त्यो बताओस् । स्वास्थ्यको क्षेत्रमा के के तयारी भयो रु संक्रमितको संख्या थपिँदा उपचार गर्न सक्ने क्षमता कति बढ्यो ? काम नै नगरिरहेको रेस्पोन्स सिष्टमलाई कहाँ कहाँ बदलियो ?’

थापाले गम्भीर प्रश्न उठाएका छन्, ‘सरकार, हामीलाई बताउ कि, तिम्रो आदेश मानिरहँदा चुलो बन्द भएकाहरुको पेटको आगो निभाउन तिम्रा के/के योजना छन् ? बहाल तिर्न नसकेर बेघर भएकाहरुलाई छानो दिन तिमी के/के गर्दै छौ, र कहिलेसम्म गर्दैछौ ? बाध्य भएर रोजारीबाट बेदखल भएका बेरोजगारहरुलाई फेरी रोजगारीमा फर्काउन तिम्रा योजना के/के छन् ?’

सबै विषयमा राजनीतिक नेतृत्व नबोल्ने नै हो र कर्मचारीको अनुहार देखाएर काम चल्छ भन्ने लागेको हो भने जनताको धैयर्ताको बाँध फुट्ने थापाले चेतावनी दिएका छन् ।

थापाले भनेका छन्, ‘कर्मचारीको काँधमा बन्दुक राखेर निषेधाज्ञाको गोली मात्रै जनतातर्फ नबर्साउनुहोस् । यस्तै चलिरहने हो भने,नागरिकले सरकारको कुरा सुन्न छाड्नेछन् । कोरोनाको अहिलेको अवस्थामा नागरिकले सरकारको कुरा सुन्न छाडे भने देश ठूलो संकटमा फस्नेछ । देशलाई जानी जानी त्यस्तो संकटतर्फ नधकलौं ।’


प्रकाशित मिति : २४ भदौ २०७७, बुधबार  १२ : ५९ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल