५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै सेञ्चुरी बैंकका शाखा सञ्चालन



काठमाडौं । लामो समयको लकडाउन र निषेधाज्ञाको बीचमा अधिकांशक बैंक तथा वित्तीय संस्थाहरुको दैनिक काम प्रभावित बन्दै आएको छ । तर पनि यी संस्थाहरुले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै आफ्ना शाखा र काउन्टरहरु संचालन गरिरहेका छन् ।

काठमाडौं उपत्यकाभित्रका जिल्ला प्रशासन कार्यालयहरुले बिहीबारदेखि निषेधाज्ञालाई केही खुकुलो बनाइसकेका छन् । त्यसो त, नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई राजस्व शाखा र काउन्टरहरु खुला राख्न यसअघि नै निर्देशन दिइसकेको छ । यसकारण पनि स्वास्थ्य मापदण्ड पालना गरी बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना कार्यालयहरुलाई थप व्यवस्थित बनाइरहेका छन् ।

आफ्ना कर्मचारी र सेवाग्राहीको स्वास्थ्यलाई ख्याल गर्दै सेन्चुरी बैंकले पनि काठमाडौं उपत्यका भित्रका सबै शाखा कार्यालयहरु, केन्द्रीय कार्यालय र एटीएम काउन्टर संचालन गरिरहेको छ ।

स्वास्थ्य सम्बन्धी मापदण्डको पूर्ण परिपालना गरी केन्द्रीय बैंकको निर्देशन अनुरुप बैङ्किङ कारोबारलाई सुरक्षित बनाइएको सेन्चुरी बैंकले जनाएको छ ।

बैंकका सबै शाखामा ह्याण्ड सेनिटाइजरलाई अनिवार्य प्रयोगमा ल्याइएको छ । बैंकले सेवाग्राहीलाई मास्क विना कार्यालय प्रवेशमा रोक लगाएको छ । बैंकभित्र प्रवेश गरिसकेपछि निश्चित भौतिक दूरी कायम गर्दै ग्राहकहरुलाई बस्ने व्यवस्था मिलाइएको छ ।

एटीएम काउन्टरहरुमा सेनिटाइरज राखिएको छ । काउन्टर अगाडि रहेका बैंकका सुरक्षाकर्मीले सेवाग्राहीलाई अनिवार्य सेनिटाइजर प्रयोग गरेर मात्र सेवा लिन सुझाव दिने गरेका छन् । बैंकका सुरक्षार्कीहरु स्वयंले फेससिल्ड र ग्लोब्स लगाउने गरेका छन् ।

ढुक्क भएर बैङ्किङ सेवा लिन सेन्चुरी बैंकले सबै सेवाग्राहीहरुलाई आग्रह गरेको छ । यस्तै, आफ्नो व्यक्तिगत स्वास्थ्य सुरक्षामा समेत सावधानी अपनाउन बैंकले सुझाव दिएको छ ।

स्वास्थ्य सम्बन्धी मापदण्डको पूर्ण परिपालना गरी केन्द्रीय बैंकको निर्देशन अनुरुप बैङ्किङ कारोबारलाई सुरक्षित बनाइएको सेन्चुरी बैंकले जनाएको छ ।

प्रकाशित मिति : २५ भदौ २०७७, बिहिबार  ११ : २३ बजे

अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल कम्पनीमा आगलागी

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे

पर्सामा एक महिना एक सय ११ अपराधका घटना दर्ता

वीरगन्ज । पर्सामा पछिल्लो महिनामा विभिन्न प्रकृतिका एक सय ११

साउदी अरबको दमाम विमानस्थलमा आक्रमण, एकको मृत्यु र आठ घाइते

काठमाडौं । साउदी अरबको पूर्वी सहर दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय