२१ भदौ २०८३, आइतबार | September 6, 2026

‘रात्रिकालीन कारागारको अवधारणा कार्यान्वयन गर्नू’



काठमाडौं । सर्वोच्च अदालतले वर्तमान कानुन लागू हुनुअघि नकारात्मक सूचीमा नरहेका कैदीहरूलाई कैद माफी मिनाहाको सुविधा उपलब्ध गराउन सरकारका नाममा परमादेश जारी गरेको छ ।

हाल केन्द्रीय कारागारको थुनामा रहेका गोपाल शिवाकोटी ‘चिन्तन’को रिट निवेदनमा सर्वोच्चले माफी मिनाहाको सुविधा उपलब्ध गराउन कारागार व्यवस्थापन विभाग र गृह मन्त्रालयको नाममा परमादेश जारी गरेको हो ।

सर्वोच्चले साउन १९ गतेको फैसलाको पूर्णपाठ बिहीबार सार्वजनिक गरेको हो । अदालतले कारागारमा हुने कोरोना जोखिम न्यूनीकरणका लागि कैदीबन्दीको स्वास्थ्य र सार्वजनिक सुरक्षालाई समेत सन्तुलन कायम गरी कैद मिनाहाको निर्णय गर्न फैसलामा भनेको छ ।

तत्कालीन मुलुकी अपराध संहिता अनुसार बढी कैद सजाय तोकिएका तर सोही कसुरलाई मुलुकी संहिताले कम सजायको व्यवस्था गरेको छ ।

सिद्धान्त अनुसार यस्ता कैदीहरू छुट्नुपर्ने भए पनि अझै कार्यान्वयन भएको छैन । फैसलाको पूर्णपाठमा भनिएको छ, नेपालको संविधानको धारा २० (४) मा ‘तत्काल प्रचलित कानुनले सजाय नहुने कुनै काम गरेबापत कुनै व्यक्ति सजायभागी हुने छैन र कुनै पनि व्यक्तिलाई कसूर गर्दाका अवस्थामा कानुनमा तोकिएभन्दा बढी सजाय दिइने छैन’ भनी व्यवस्था गरिएको छ ।

तसर्थ वर्तमान कानुन लागू हुनुअघि नकारात्मक सूचीमा नरहेका कसुरहरूको हकमा साबिकका कसुरदारहरूलाई माफी मिनाहाको सुविधा उपलब्ध गराउनु भनी कारागार व्यवस्थापन विभाग र गृह मन्त्रालयका नाममा परमादेश जारी गरिएको छ ।

अदालतले कारागारभित्र सङ्क्रमितलाई स्वास्थ्य सेवा विस्तार, स्वास्थ्य सुरक्षाका सबै उपाय अवलम्बन गर्ने र सोका लागि बजेट विनियोजन गर्न नेपाल सरकारलाई परमादेश गरेको छ । अदालतले वैकल्पिक कारागार प्रणालीसम्बन्धी कानुनी व्यवस्था तत्काल लागू गर्न पनि फैसलामा भनेको छ । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २६ भदौ २०७७, शुक्रबार  ६ : ५१ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त