४ पुस २०८२, शुक्रबार | December 20, 2025

‘रात्रिकालीन कारागारको अवधारणा कार्यान्वयन गर्नू’



काठमाडौं । सर्वोच्च अदालतले वर्तमान कानुन लागू हुनुअघि नकारात्मक सूचीमा नरहेका कैदीहरूलाई कैद माफी मिनाहाको सुविधा उपलब्ध गराउन सरकारका नाममा परमादेश जारी गरेको छ ।

हाल केन्द्रीय कारागारको थुनामा रहेका गोपाल शिवाकोटी ‘चिन्तन’को रिट निवेदनमा सर्वोच्चले माफी मिनाहाको सुविधा उपलब्ध गराउन कारागार व्यवस्थापन विभाग र गृह मन्त्रालयको नाममा परमादेश जारी गरेको हो ।

सर्वोच्चले साउन १९ गतेको फैसलाको पूर्णपाठ बिहीबार सार्वजनिक गरेको हो । अदालतले कारागारमा हुने कोरोना जोखिम न्यूनीकरणका लागि कैदीबन्दीको स्वास्थ्य र सार्वजनिक सुरक्षालाई समेत सन्तुलन कायम गरी कैद मिनाहाको निर्णय गर्न फैसलामा भनेको छ ।

तत्कालीन मुलुकी अपराध संहिता अनुसार बढी कैद सजाय तोकिएका तर सोही कसुरलाई मुलुकी संहिताले कम सजायको व्यवस्था गरेको छ ।

सिद्धान्त अनुसार यस्ता कैदीहरू छुट्नुपर्ने भए पनि अझै कार्यान्वयन भएको छैन । फैसलाको पूर्णपाठमा भनिएको छ, नेपालको संविधानको धारा २० (४) मा ‘तत्काल प्रचलित कानुनले सजाय नहुने कुनै काम गरेबापत कुनै व्यक्ति सजायभागी हुने छैन र कुनै पनि व्यक्तिलाई कसूर गर्दाका अवस्थामा कानुनमा तोकिएभन्दा बढी सजाय दिइने छैन’ भनी व्यवस्था गरिएको छ ।

तसर्थ वर्तमान कानुन लागू हुनुअघि नकारात्मक सूचीमा नरहेका कसुरहरूको हकमा साबिकका कसुरदारहरूलाई माफी मिनाहाको सुविधा उपलब्ध गराउनु भनी कारागार व्यवस्थापन विभाग र गृह मन्त्रालयका नाममा परमादेश जारी गरिएको छ ।

अदालतले कारागारभित्र सङ्क्रमितलाई स्वास्थ्य सेवा विस्तार, स्वास्थ्य सुरक्षाका सबै उपाय अवलम्बन गर्ने र सोका लागि बजेट विनियोजन गर्न नेपाल सरकारलाई परमादेश गरेको छ । अदालतले वैकल्पिक कारागार प्रणालीसम्बन्धी कानुनी व्यवस्था तत्काल लागू गर्न पनि फैसलामा भनेको छ । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २६ भदौ २०७७, शुक्रबार  ६ : ५१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको