१२ श्रावण २०८१, शनिबार | July 27, 2024

सीमा क्षेत्रको तनाव घटाउन भारत र चीनका विदेशमन्त्रीहरुबीच ५ बुँदे सहमति



काठमाडौं । भारत र चीनका विदेशमन्त्रीहरु सीमा क्षेत्रमा देखिएको समस्या समाधान गर्न सहमत भएका छन् ।

साङ्घाई कोअपरेशन अर्गनाईजेशन एसईओको बैठकमा भाग लिन मस्को पुगेका भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ विदेशमन्त्री वाङ यीले सीमामा भैरहेको तनावपूर्ण अवस्थालाई घटाउन ५ बुँदे सहमति गरेका हुन् ।

सहमतिमा सीमा व्यवस्थापनमा अहिलेसम्म भएका सम्झौता र प्रोटोकलको पालना गर्दै शान्ति बनाउन र कुनैपनि कारवाहीबाट वच्ने विषय समेटिएको भारतीय दैनिक पत्रिका द हिन्दुले जनाएको छ ।

भारतीय सेना र चिनियाँ जनमुक्ति सेना पीएलएबीच गत मई देखि पूर्वी लद्दाख÷अक्साई चीनस्थित वास्तविक नियन्त्रण रेखा (एलएसी)का कैयौं क्षेत्रमा तनावपूर्ण स्थिति बन्दै आएको छ ।

दुवै देशका विदेशमन्त्रीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै खुला र रचनात्मक छलफल गरी सहमतिमा पुगेको जनाएको भारतीय विदेशमन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको द हिन्दुले उल्लेख गरेको छ ।

दुवै विदेशमन्त्रीले सीमा क्षेत्रमा हाल देखिएको स्थिति कुनै पनि पक्षका लागि हितकर नभएको निस्कर्ष निकालेका छन् । दुवै देशका विदेशमन्त्री सैनिकहरुबीच अझ बढी सम्पर्क र सम्वाद जारी राख्दै तनावलाई घटाउन र दुई देशका सेनाबीच निश्चित दूरी कायम गर्न सहमति जनाएका छन् ।

संयुक्त वक्तव्य जारी गर्दै जयशंकर र वाङले भारत र चीनका शिर्ष नेताहरुबीच यसअघि भएको आम सहमतिबाट मार्गदर्शन लिने जनाएका छन्, जहाँ एकआपसका मतभेदलाई थप विवादित बनाउन नदिने सहमति कायम रहेको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच सन् २०१८ र २०१९ मा भएको अनौपचारिक शिखर सम्मेलनमा दुई मुलुकबीचको मतभेदलाई घटाउँदै थप सम्बन्ध विस्तार गर्ने सहमति बनेको विषयलाई द हिन्दुले स्मरण गरेको छ ।

प्रकाशित मिति : २६ भदौ २०७७, शुक्रबार  ८ : ४२ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान