६ श्रावण २०८३, बुधबार | July 22, 2026

भारत-चीन सैन्य वार्ताः रचनात्मक र फलदायी छलफल भएको दुबै देशको भनाइ



नयाँ दिल्ली । भारत र चीनले सोमबार आइतबार आयोजित १६ औँ चरणको कोर्प्स कमाण्डर-स्तरीय बैठक रचनात्मक रुपमा सम्पन्न भएको जनाएको छ ।

वार्ताले पूर्वी लद्दाखमा बाँकी रहेका मुद्दाहरूको समाधान र शान्ति पुनस्र्थापना गर्न सहयोग गर्ने दुबै देशले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

दुबै पक्षले निकट भविष्यमा सकारात्मक नतिजाको अपेक्षा गरेका छन् । दबै पक्षहरू निकट सम्पर्कमा रहन र सैन्य तथा कूटनीतिक च्यानलमार्फत वार्ता गर्न सहमत भएका छन् ।

त्यस्तै, बाँकी मुद्दाहरूको चाँडो भन्दा चाँडो पारस्परिक रूपमा स्वीकार्य हुने गरी समाधान गर्न दुबै पक्ष सहमत भएका भारत-चीन संयुक्त विज्ञप्तिमा भनिएको छ ।

दुवै पक्ष पश्चिमी क्षेत्रमा सुरक्षा र स्थायित्व कायम गर्न सहमत भएका छन् । भारत-चीन कोर्प्स कमाण्डर स्तरको १६ औं चरणको बैठक भारततर्फको चुसुल-मोल्डो सीमा बैठक बिन्दुमा सम्पन्न भएको थियो । बैठकमा दुबै पक्षबीच खुलेर विचार आदानप्रदान भएको थियो ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ७ : ४५ बजे

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना

आर्थिक लक्ष्य पूरा गरेपछि सिटिजन लाइफ देवदह शाखाद्वारा वृक्षारोपण

देवदह । सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी

प्रधानमन्त्री शाहले आज हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासङ्घका प्रतिनिधिहरूसँग

एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन