२९ भदौ २०८३, सोमबार | September 15, 2026

भारतले ५ वर्षपछि आजबाट चिनियाँ पर्यटकका लागि भिसाको आवेदन खुलायो



बेइजिङ । भारत सरकारले अब चिनियाँ पर्यटकलाई फेरि भिसा दिने भएको छ । ग्लोबल टाइम्सका अनुसार भारतले यो सेवा पाँच वर्षपछि पुनः सुरु गर्ने भएको हो ।

कोरोना अवधिपछि यो सेवा बन्द भएको थियो । यसपछि सन् २०२० को जुनमा भएको गलवान द्वन्द्वले दुई देशबीचको सम्बन्ध थप बिग्रिए पछि चिनियाँ नागरिकलाई भारतले भिसा दिन बन्द गरेको थियो ।

तर, अहिले ५ बर्ष पछि पुनः भिसा प्रकिया सुरू गरेको बेइजिङस्थित भारतीय दूतावासले पुष्टि गरेको छ । यो प्रक्रिया २४ जुलाई २०२५ देखि सुरु हुने दूतावासले जनाएको छ।

यो जानकारी चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले पनि प्रकाशित गरेको छ। जसमा भारतीय दूतावासले बुधबार सामाजिक सञ्जाल वेइबोमा यस सम्बन्धमा जानकारी दिएको बताइएको छ ।

भारतीय दूतावासले अब चीनबाट भारत भ्रमणका लागि भिसाका लागि आवेदन दिन सक्ने जनाएको छ । यसका लागि उनीहरूले पहिले अनलाइन आवेदन फारम भर्नु पर्नेछ। त्यसपछि वेबसाइटमा गएर अपोइन्टमेन्ट लिनु पर्नेछ ।

यस पछि उनीहरूले राहदानी र आवश्यक कागजात लिएर भिसा केन्द्रमा जानु पर्नेछ। यी भिसा केन्द्रहरू बेइजिङ, सांघाई र ग्वाङ्झाउ जस्ता शहरहरूमा छन्, जुन दक्षिण चीनको ग्वाङ्डोङ प्रान्तमा पर्दछ। उनीहरू त्यहाँ गएर आवेदन दिन सक्नेछन्।

गत अक्टोबरमा भारत र चीनका नेताहरू बीच कजानमा भएको द्विपक्षीय शिखर सम्मेलन पछि, दुई देशहरू बीचको सम्बन्ध सहकार्य मुख्य ट्रयाकमा फर्कने संकेतहरू देखाएको ग्लोबल टाइम्सले जनाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहिबार  ९ : १८ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ