५ श्रावण २०८३, मंगलबार | July 21, 2026

बुद्ध एयर ‘ट्रिप एडभाइजर ट्राभलरस च्वाइस अवार्ड’ बाट सम्मानित



काठमाडौं । विश्वप्रसिद्ध ट्राभल वेबसाइट ‘ट्रिप एडभाइजर’ ले नेपालको बुद्ध एयरलाई ‘ट्रिप एडभाइजर ट्राभलरस च्वाइस, २०२० अवार्ड’ प्रदान गरेको छ ।

देशको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले पर्वतीय उडान (माउण्टेन फ्लाइट) मार्फत उक्त अवार्ड पाएको हो ।

यो अवार्ड बुद्धले निरन्तर तेस्रो पटक पाएको हो । बुद्धले यसअघि सन् २०१९ र २०१८ मा पनि अवार्ड जितेको थियो ।

प्रसिद्ध ट्रिप एडभाइजर ट्राभलरस च्वाइस अवार्ड पाउने नेपालको एक मात्र एयरलाइन्स हो । बुद्धले दैनिक आधादर्जन माउण्टेन फलाइट गर्ने गरेको छ । आन्तरिकतर्फ कम्पनीले दैनिक १०० उडानमार्फत छ हजार यात्रु व्यवस्थापन गर्दै आएको छ ।

बुद्ध एयरसँग आन्तरिक उडानका लागि ११ एटिआर जहाज तथा दुई थान बिचक्राफ्ट जहाज छन् । बुद्धले हाल आन्तरिकतर्फ १३ गन्तब्यहरु भद्रपुर, विराटनगर, तुम्लिङटार, जनकपुर, सिमरा, भैरहवा, भरतपुर, पोखरा, नेपालगञ्ज, धनगढी, सुर्खेत तथा विराटनगर–तुम्लिङटार र पोखरा–भैरहवा उडान भर्दै आएको छ ।

ट्रिप एडभाइजरले सन् २०१८ मा नेपालको राजधानी काठमाडौंलाई विश्वका उत्कृष्ठ गन्तब्यको सूचीमा राखेको थियो । त्यस्तै सन् २०१९ मा घुम्नैपर्ने विश्वका उत्कृष्ट पर्यटकीय गन्तब्यको सूचीमा काठमाडौं परेको थियो ।

संसारकै सबैभन्दा ठूलोमध्येको वेबसाइट अमेरिकाको ट्रि एडभाइजरले विश्वभर आफ्नो सञ्जाल विस्तार गरेको छ । यसका ३२ करोडभन्दा बढी सदस्य छन् । यो वेबसाइट प्रतिमहिना ३० करोडभन्दा बढीले हेर्ने गरेका छन् ।

सन् २००० मा अमेरिकामा स्थापना भएको ट्रिप एडभाइजर पब्लिक कम्पनी हो । यसले अमेरिका, युरोप, एसिया, अफ्रिका, मध्यपूर्व, एसिया प्रशान्त क्षेत्रलाई समेटेको छ ।

प्रकाशित मिति : २६ भदौ २०७७, शुक्रबार  ३ : ५७ बजे

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ