१० श्रावण २०८३, आइतबार | July 26, 2026

काठमाडौं र भक्तपुरका ३ जना कोरोना संक्रमितको मृत्यु




काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट शनिबार बिहानैदेखि मृत्युका घटना सार्वजनिक भैरहेका छन् । पछिल्लो समाचार अनुसार ललितपुरका विभिन्न अस्पतालमा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पाटन अस्पतालमा दुई जना र मेघा अस्पतालमा एक जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । मृत्युहुनेमध्ये दुई जना भक्तपुरका र एक जना काठमाडौंका रहेका छन् । जना भक्तपुरका र एक जना काठमाडौंका हुन् ।

भदौ १९ गतेदेखि उपचार गराइरहेका काठमाडौंका ५१ वर्षीय कोरोना संक्रमित पुरुषको शनिबार बिहान २ बजे पाटन अस्पतालमा मृत्यु भएको पाटन अस्पतालले जनाएको छ ।

पाटन अस्पतालमै भक्तपुरका ७२ वर्षीय पुरुषको गएराति ९ः४५ बजे मृत्यु भएको छ । उनी गत भदौ १७ गतेदेखि अस्पतालमा उपचाररत थिए ।

यस्तै, भक्तपुरका ३८ वर्षिय पुरुषको शनिबार बिहान ७ः४० बजे मेघा अस्पतालमा मृत्यु भएको ललितपुर स्वास्थ्य कार्यालयले पुष्टि गरेको छ । उनी हिजो मात्रै अस्पतालमा भर्ना भएका थिए ।

प्रकाशित मिति : २७ भदौ २०७७, शनिबार  १० : २९ बजे

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले

एमबीएस प्रश्नपत्र लीक प्रकरण : सिआइबीले सार्वजनिक गर्‍यो मुख्य आरोपीको नाम

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले त्रिभुवन