२५ भदौ २०८३, बिहिबार | September 10, 2026

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति



काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल विहेवियर’ विषयको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति पक्राउ परेका छन् ।

यही साउन ८ गते परीक्षा सुरु भएलगत्तै उक्त विषयको प्रश्नपत्र विभिन्न ह्वाट्सप समूमा सेयर गरी प्रश्न पत्रको गोपनियता भङ्ग गरेको कसुरमा कैलालीको घोडाघोडी नगरपालिका–११ घर भई हाल भक्तपुर बस्ने ३३ वर्षीय सन्दीप सिंह पक्राउ परेका हुन् ।

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सिंहलाई भक्तपुरको मध्यपुरथिमी नगरपालिका–१ बाट पक्राउ गरेको हो । उनीमाथि अनुसन्धान जारी रहेको ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शम्शेर जबराले जानकारी दिए । त्यसअघि प्रहरीले अनुसन्धानका क्रममा अन्य केही व्यक्तिलाई समेत नियन्त्रणमा लिएको थियो ।

एमबिएस प्रथम सेमेस्टरको अन्य विषयका परीक्षा बाँकी नै रहेका अवस्थामा उक्त परीक्षामा गैरकानुनी क्रियाकलाप नगर्न ब्युरोले सचेत गराएको छ ।

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  १० : ३९ बजे

चीनमा कार्गो जहाजमा आगलागी : कम्तीमा २० जनाको मृत्यु

काठमाडौँ । चीनको पूर्वी भागस्थित एक बन्दरगाहमा राखिएको विदेशी झण्डावाहक

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौ. । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ

नवनियुक्त मन्त्री साह भन्छन् – ग्यास आपूर्ति सहज बनाउने पहिलो प्राथमिकता

काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पदभार

बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छ : चिनियाँ राजदूत माओमिङ

नुवाकोट । नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले भोटेकोशी हुँदै