८ बैशाख २०८१, शनिबार | April 20, 2024

चकलेट आयातमा विशाल ग्रुपको सिन्डिकेट, साउनमा मात्रै ६६० प्रतिशतले आयात वृद्धि



काठमाडौं । सरकारले स्वदेशी उद्योगलाई संरक्षण गर्ने दाबी गर्दैआएको छ । विश्व व्यापार संगठनको सदस्य भएका नाताले विदेशी आयातलाई पूर्ण रुपमा प्रतिस्थापन गर्न नसके पनि स्वदेशी उद्योगलाई संरक्षण गर्न, प्रोत्साहन गर्न र स्वदेशी उत्पादनलाई खपत गर्ने गरी योजना बनाउने भनेर सरकारका मान्छेहरुले बोल्दै आएका छन् । निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडाले पनि सरकारको नीति तथा कार्यक्रम र बजेटमा समेत सैद्धान्तिक रुपमा यो विषयलाई उठाएका थिए ।

तर, सरकारको बोली र व्यवहार बिल्कुल फरक देखिने गरेको छ । स्वदेशी उत्पादनलाई प्रोत्साहन हैन अनेकौं झन्झट र बोझ बोकाउँदै दुरुत्साहन गर्ने प्रवृत्ति सरकारकै मान्छेहरुबाट बढिरहेको छ ।

विशेषगरी विदेशी आयातमार्फत अबौं रकम कमाइरहेका आयातकर्ताहरुको प्रभावमा नीति निर्माताहरु पर्दा त्यसको प्रत्यक्ष मार नेपाली उद्योगपतिहरुमा पर्ने गरेको छ ।

यस आर्थिक वर्षको बजेट पारित हुनुअघि संसदको गत अधिवेशनमा यौटा विषय निकै महत्वका साथ उठेको थियो, विदेशी चकलेट आयातमा लगाइएको भन्सार दर घटेको र स्वदेशी चुईंगम उद्योगमाथि लगाइएको अन्तःशुल्कको मारबारे । प्रतिनिधिसभा र राष्ट्रिय सभामा कैयौं सांसदहरुले यस विषयमा जोडदार आवाज उठाएका थिए ।

तर आयातकर्ताहरुको प्रभावमा परेको सरकारका लागि चकलेट चुईंगमको विषय महत्वहीन देखिएपछि बजेट सोही अनुसार पास भयो । स्वदेशी उद्योगपतिहरुको आग्रहलाई अस्वीकार गर्दै विदेशी चकलेटमा लगाइएको पूर्ववत भन्सारदर ४० प्रतिशतबाट ३० प्रतिशतमा झारियो । स्वेदशी चुईंगम उत्पादहरुमाथि १० प्रतिशत अन्तःशुल्कको भार थोपरियो ।

अनेकौं तर्क कुतर्क गरेपनि वास्तवमै यो नीतिले स्वदेशी उद्योग कलकारखानाहरुलाई दुरुत्साहन गरिएको थियो । त्यसको प्रभाव साउन महिनादेखि नै देखिइसकेको छ । यौटा सानो नीतिगत निर्णयले कतिसम्मको प्रभाव पर्दोरहेछ भन्ने कुरा विशाल ग्रुपले आयात गर्ने चकलेटबाट प्रष्टै बुझ्न सकिन्छ ।

सबैलाई थाहा छ विशाल ग्रुपको कारोबार र यसका संचालकहरुको वर्तमान सरकारका शिर्ष मन्त्रीहरु, प्रभावशाली कर्मचारीहरु र सरकार चलाउने नेकपाका उच्च नेताहरुसँगको सम्बन्धका बारेमा ।

‘विशाल ग्रुपका तुलसी अग्रवाल, त्रिलोक अग्रवाल, अशोक अग्रवालको पहुँच अर्थमन्त्री, अर्थसचिवदेखि नेकपाका उच्च नेताहरुसँगको बेडरुमसम्म छ’, नाम नबताउन चाहने एक उद्योगी भन्छन्, ‘विशाल ग्रुपकै निर्देशनमा बजेटमा के विषय समावेश गर्ने या नगर्ने भन्ने कुरा लेखिने गरिन्छ ।’ त्यसैले, अर्बौको आयातमा रमाउँदै आएको विशाल ग्रुपले चकलेट आयातमा पनि आफ्नो सिन्डिकेट कायमै राखेको छ ।

अर्का उद्योगी भन्छन्, ‘यसपटक यही विशाल ग्रुपकै दबाबमा विदेशी चकलेटमा लगाईंदै आएको ४० प्रतिशत भन्सार महशुल दर घटाएर ३० प्रतिशतमा झारिएको छ ।’

साउन महिनाको तथ्यांक हेर्दा यी उद्योगीहरुले भनेको कुरा सत्य सावित हुन्छ । सरकारले चकलेटमा भन्सार दर १० प्रतिशतले घटाएसँगै विशाल गु्रपले ल्याउने चकलेटको आयात अस्वभाविक ढंगले बढेको छ ।

गत आर्थिक वर्षको साउनमा ३८ हजार ६७१ किलो चकलेट आयात भएको थियो । तर, चालू वर्षको साउनमा मात्रै २ लाख ९३ हजार ५९० किलो चकलेट नेपाल भित्रिएको छ । यसरी चकलेट भित्र्याउने मुख्य खेलाडी विशाल ग्रुप नै हो । अर्थात गत आर्थिक वर्षको तुलनामा ६६० प्रतिशत बढी आयात एक महिनामै । १० प्रतिशत दर कम हुने बित्तिकै चकलेट आयातमा यति धेरै वृद्धि ! अब प्रष्ट हुन सकिन्छ १० प्रतिशत भन्सार दर घटाउन बजेट निर्माणताका कतिठूलो नीतिगत चलखेलको भएको रहेछ भनेर ।

भन्सार विभागका एक उच्च अधिकारी भन्छन्, ‘अत्यावश्यक सामान आयात गर्नैपर्छ । तर आम मानिसको पहुँच बाहिरका खाद्यवस्तु आयात तिब्र हुँदा विदेशी मुद्रा सञ्चितीमा ठूलो असर गर्छ ।’

भन्सार विभागका अनुसार साउन महिनामा हार्मोनी कोर्ड (एचएस) १८०६९०१०, १८०६३२००, १८०६९०१०, १८०६९०९० मा ठूलो परिणाममा चकलेट आयात भएको छ । यस्ता महंगा चकलेट उच्च घरानियाहरुले प्रयोग गर्ने गर्छन् । सामान्य मान्छेको पहुँचभन्दा माथि रहेका यी चकलेट एकै महिनामा झण्डै ३ लाख किलो आयात भएको छ । जब की, गतवर्ष सबै हार्मोनी कोडका गरी जम्माजम्मी १ लाख ९ हजार किलो आसपास मात्र चकलेट आयात भएको थियो । यी एचएस कोर्डमार्फत नेपाल भित्रिने चकलेटहरु नेपालमा धनाढ्य व्यक्तिहरुले खाने गर्छन् ।

त्यसो त, स्वदेशी उद्योगीहरुले विदेशी गुणस्तर र हैसियतको चकलेट उत्पादन स्वदेशमै गर्न सकिन्छ भनेर धेरै पटक सरकारसँग अनुनयविनय गर्दै आएका छन् । तर त्यसका लागि सरकारले स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने र त्यसका लागि आवश्यक कच्चा पदार्थदेखि उपभोगसम्म संरक्षण गर्नुपर्ने बताउँदै आएका छन् ।

सरकारको नीतिगत सहयोग विना उत्पादन गर भनेर सम्भव हुने कुरा पनि हैन । तर सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने कुरा सुन्नै चाहँदैन । परिणाम आयात वृद्धि उच्च दरमा भैरहेको छ । भन्सार विभागका अधिकारी भन्छन्, ‘यस्तो आयातले त आन्तरिक रुपमा उत्पादन हुने चकलेटलाई दुरुत्साहन मात्रै गर्छ ।’

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  ११ : ५८ बजे

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको

सडक बालबालिका : पहिचान पाउन अझै पनि कठिन

काठमाडौं । “पशुपति आर्यघाटमा शव जलाउने काम गर्छु, ब्रह्मनालमा पैसा

सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक जग्गा साविककै अवस्थामा फिर्ता

पाल्पामा जन्ती बोकेको जीप दुर्घटना हुदाँ १० घाइते

पाल्पा । पाल्पामा सवारी दुर्घटना परी १० जना घाइते भएका