७ जेष्ठ २०८२, बुधबार | May 21, 2025

चक्लेटमा भन्सार घटाएर आयातलाई प्रोत्साहन गरेको भन्दै काँग्रेसको आपत्ति



काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारले चकलेटमा भन्सार घटाउने सरकाले विद्युतीय गाडीमा भन्सार बढाएर दुनियाँ हँसाएको टिप्पणी गर्नुभएको छ ।

प्रतिनिधिसभामा भैरहेको विनियोजन विधेयकमाथि जारी छफलफलमा बोल्दै काँग्रेसका प्रमुख सचेतक खाँडले टिप्पणी गर्नुभयो,
‘सरकारले चक्टलेमा भन्सार घटाएर चक्लेटी निर्णय गरेको छ ।’ मुलुकको आवश्यकता हेरेर भन्सार बढाउने र घटाउने निर्णय गर्नुपने त्यसो हुन नसकेको भन्दै खाँडले सरकारलाई ‘चकलेटी सरकार’को संज्ञा दिनुभयो ।

उहाँले भन्नुभयो “हाम्रो सरकार चकलेटी सरकार हो । चकलेटको भन्सार घटाउने गहुँको भन्सार बढाउने ।” उहाँले विद्युतीय सवारी साधनमा भन्सार वृद्धि गरिएकोमा आपत्ति जनाउनुभयो । ‘चकलेटमा भन्सार घटाउने, स्वदेशी चुईंगममा अन्तशुल्क लगाउने अनि आयात प्रतिस्थापन हुन्छ ?’, खाँडले प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो “तीन बर्ष भित्र काठमाण्डौ उपत्यकामा सबै विद्युतीय सवारी साधन चलाउने भन्ने अनि अहिले ठ्याक्कै तेश्रो बर्षमा विद्युतिय सवारीलाई निषेध गरेर उपत्यका मात्रै होइन नेपालबाटै वर्हिगमन गर्ने ? ”

सरकारले चकलेटको भन्सार दर घटाएको छ । विदेशी चकलेटको आयातलाई प्रोत्साहन हुने गरी भन्सार दर घटाउँदा नेपाली चकलेट उद्योगहरु मारमा पर्ने देखिएका छन् । यस्तै, सरकारले बजेटमा नेपाली चुईंगम उद्योगलाई समेत १० प्रतिशत अन्तशुल्क लगाइदिएको छ । जसका कारण चुईंगममा आत्मनिर्भर बन्ने अवस्थामा पुगेका उद्योगहरु संकटमा परेका छन् ।

वर्षेनी १ अर्ब ७७ करोडका चुईंगम आयोत हुन्छ भने नेपालमा १ अर्ब बढीको चुईंगम उत्पादन हुन्छ । स्वदेशी उद्योगलाई प्रोत्साहन गर्नुपर्नेमा उल्टै अन्तशुल्क लगाईंदिदा उद्योग नै बन्द गर्नुपर्ने अवस्थामा पुगेको उद्योगीव्यवसायीले चिन्ता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०७७, आइतबार  ३ : ४६ बजे

कराते खेलाडी शेर्पाले चुमिन सगरमाथाको शिखर

काठमाडौं । बौद्ध डोजोका कराते खेलाडीले सगरमाथा शिखर चुमेकी छिन्

माओवादीको मध्यपहाडी लोकमार्ग अभियान जनयुद्वकालीन सेल्टर रोल्पाको थवाङमा

रोल्पा । बैतडीको पाटनबाट सुरु गरिएको नेकपा (माओवादी केन्द्र) का

गोरखामा बसको ठक्करबाट बालिकाको मृत्यु

गोरखा । गोरखामा बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ ।

निरन्तर घट्दो नाफाले सङ्कटोन्मुख टेलिकम सेवाप्रदायक

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले प्रकाशित गरेको चालु आर्थिक

ठेकेदारको अराजकता : गौरवको आयोजनाको ७८ मा सकिनुपर्ने सडक ८२ मा पनि सकिएन

पर्वत । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र एक गौरवको