२१ माघ २०८२, बुधबार | February 4, 2026

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि कुमारी बैंकबाट महेन्द्रनगरमा सामाजिक सचेतना कार्यक्रम



कञ्चनपुर । कुमारी बैंकले लिमिटेडले कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सामाजिक सचेतनामुलक -याली सम्पन्न गरेको छ ।

बैंकको सुदुरपश्चिम प्रादेशिक कार्यालयको आयोजनामा शनिबार बिहान भएको कार्यक्रममा आम सर्वसाधारणलाई मास्क लगाउन अनुरोध गर्ने काम भएको छ ।

उक्त कार्यक्रममा बैंकले महेन्द्रनगर वजारमा मास्क लगाउन प्रेरित गरी मास्क नलगाई हिँडेका बिभिन्न ब्यक्तिहरुलाई १००० थान मास्क तथा १५० थान हयान्ड स्यानीटाईजर बितरण गरेको छ ।

त्यसक्रममा बैंकका कर्मचारीले मास्क नलगाई हिँडेका सर्वसाधारणलाई मास्क लगाउन सिकाउनेदेखि ह्याण्ड सेनिटाइर प्रयोग गर्न समेत सिकाएका थिए ।

कार्यक्रममा कर्मचारीले मास्क प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने, स्यानीेटाईजर प्रयोग गर्ने, भिडभाड नगर्ने तथा साबुनपानीले हातधुने जस्ता बिबिध सचेतनामुलक नारा लेखिएका ब्यानर तथा प्ले–कार्ड बोकेर त्यसमार्फत कोभिड–१९ नियन्त्रण र रोकथामका लागी पुर्ब साबधानीका सन्देश दिएका थिए ।

बैंकको प्रादेशिक कार्यालयबाट बिहान ९ बजेदेखि सुरु भएको सचेताना -याली चम्मनचौराहाबाट सब्जीमण्डी हुँदै महेन्द्रनगर बजारको १ नं., २ नं. ३ नं., ४ नं. र ५ नं. गल्ली परिक्रमा गरी बैकको प्रादेशिक कार्यालयमै पुगेर समापन भएको थियो । कार्यक्रममा बैंकका कंचनपुर शाखा, झलारी शाखा तथा चाँदनीदोधारा शाखाका कर्मचारीहरु समेतको सहभागी भएका थिए ।

सुदुरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख दीपक खनालले कोभिड–१९ नियन्त्रण र रोकथामका लागी यो कार्यक्रम निकै उपयोगी भएको र आगामी दिनमा पनि सचेतना मुलक कार्यक्रमहरु अन्य स्थानमा पनि गर्दै जाने जानकारी गराए ।

कुमारी बैंक लिमिटेडको सुदुरपश्चिम प्रदेशमा १९ वटा शाखा र ८ वटा ए.टि.एम. संचालनमा रहेको छ ।

बैंकको देशभर १८६ शाखा, १३ एक्सटेन्सन काउन्टर, २२ शाखारहित बैंकिङ्ग सेवा र १०८ ए.टि.एम. संचालनमा रहेको छ ।

कुमारी बैंकले लकडाउनमा पनि सुरक्षाका उपायहरु अपनाई बैंकिङ्ग सेवाहरु दिदै आएको छ ।

प्रकाशित मिति : २७ भदौ २०७७, शनिबार  ३ : ५८ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता