२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि कुमारी बैंकबाट महेन्द्रनगरमा सामाजिक सचेतना कार्यक्रम



कञ्चनपुर । कुमारी बैंकले लिमिटेडले कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सामाजिक सचेतनामुलक -याली सम्पन्न गरेको छ ।

बैंकको सुदुरपश्चिम प्रादेशिक कार्यालयको आयोजनामा शनिबार बिहान भएको कार्यक्रममा आम सर्वसाधारणलाई मास्क लगाउन अनुरोध गर्ने काम भएको छ ।

उक्त कार्यक्रममा बैंकले महेन्द्रनगर वजारमा मास्क लगाउन प्रेरित गरी मास्क नलगाई हिँडेका बिभिन्न ब्यक्तिहरुलाई १००० थान मास्क तथा १५० थान हयान्ड स्यानीटाईजर बितरण गरेको छ ।

त्यसक्रममा बैंकका कर्मचारीले मास्क नलगाई हिँडेका सर्वसाधारणलाई मास्क लगाउन सिकाउनेदेखि ह्याण्ड सेनिटाइर प्रयोग गर्न समेत सिकाएका थिए ।

कार्यक्रममा कर्मचारीले मास्क प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने, स्यानीेटाईजर प्रयोग गर्ने, भिडभाड नगर्ने तथा साबुनपानीले हातधुने जस्ता बिबिध सचेतनामुलक नारा लेखिएका ब्यानर तथा प्ले–कार्ड बोकेर त्यसमार्फत कोभिड–१९ नियन्त्रण र रोकथामका लागी पुर्ब साबधानीका सन्देश दिएका थिए ।

बैंकको प्रादेशिक कार्यालयबाट बिहान ९ बजेदेखि सुरु भएको सचेताना -याली चम्मनचौराहाबाट सब्जीमण्डी हुँदै महेन्द्रनगर बजारको १ नं., २ नं. ३ नं., ४ नं. र ५ नं. गल्ली परिक्रमा गरी बैकको प्रादेशिक कार्यालयमै पुगेर समापन भएको थियो । कार्यक्रममा बैंकका कंचनपुर शाखा, झलारी शाखा तथा चाँदनीदोधारा शाखाका कर्मचारीहरु समेतको सहभागी भएका थिए ।

सुदुरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख दीपक खनालले कोभिड–१९ नियन्त्रण र रोकथामका लागी यो कार्यक्रम निकै उपयोगी भएको र आगामी दिनमा पनि सचेतना मुलक कार्यक्रमहरु अन्य स्थानमा पनि गर्दै जाने जानकारी गराए ।

कुमारी बैंक लिमिटेडको सुदुरपश्चिम प्रदेशमा १९ वटा शाखा र ८ वटा ए.टि.एम. संचालनमा रहेको छ ।

बैंकको देशभर १८६ शाखा, १३ एक्सटेन्सन काउन्टर, २२ शाखारहित बैंकिङ्ग सेवा र १०८ ए.टि.एम. संचालनमा रहेको छ ।

कुमारी बैंकले लकडाउनमा पनि सुरक्षाका उपायहरु अपनाई बैंकिङ्ग सेवाहरु दिदै आएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  ३ : ५८ बजे

सुर्यको शतकसँगै सनराइजर्समाथि मुम्बई ७ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सले सनराइजर्स

सभामुखले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष

नेपाल इङल्याण्ड सी सँग २-० ले पराजित

काठमाडौं । नेपाल इङल्याण्डको सी  टिमसँग पराजित गरको छ ।

आजको मौसम : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम