७ श्रावण २०८३, बिहिबार | July 23, 2026

बुटवलमा एकै दिन थपिए ३२ संक्रमित, उपमहानगरमा पुग्यो ५१२ जना संक्रमित



बुटवल । पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरमा ३२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । उपमहानगरको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार १७ जना पुरुष र १५ जना महिलामा संक्रमण पुष्टि भएको छ ।

बुटवलको ११ नम्बर वडामा फेरि ९ जना संक्रमित थपिएका छन् भने वार्ड नम्बर १ मा ६ जना थपिएका छन् । त्यसैगरि १२ नम्बरमा ३ जना, ३ र १३ मा २।२ जना, ४,६,८,१० र १७ नम्बर वाडमा १।१ जना नयाँ संक्रमित थपिएकाछन् । बुटवलमा आज पनि ठेगाना स्पष्ट नखुलेका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुटवलमा २६८ जना सक्रिय संक्रमित रहेको र २०४ जना डिस्चार्ज भएको उपमहानगरको स्वास्थ्य शाखाले जनाएको छ । बुटवलमा ६ जना संक्रमितको मृत्यु भईसकेको छ ।

प्रकाशित मिति : २७ भदौ २०७७, शनिबार  ४ : ४७ बजे

मधेशका पूर्वअर्थमन्त्री शैलेन्द्र साहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। सर्लाहीको बाग्मती म्युनिसिपल पार्क तथा रिसोर्ट निर्माणमा अनियमितता भएको

‘कानुन सुधार वर्ष’ सफल पार्न उच्चस्तरीय समिति गठन

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले घोषणा गरेको

लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै

नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार प्रयासरत छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई ‘ग्रे लिस्ट’ बाट