६ श्रावण २०८३, बुधबार | July 22, 2026

दुर्लभ वन्यजन्तु कछुवासहित पाँच पक्राउ



काठमाडौं । प्रहरीले काठमाडौंमा दुर्लभ वन्यजन्तु कछुवासहित पाँच जनालाई आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुर्खेत भेरीगङ्गाका २५ वर्षीय सर्वराज बुढा, नुवाकोट बेलकोटगढी नगरपालिका ५ बस्ने १८ वर्षका सुरेन्द्र श्रेष्ठ र १९ वर्षका प्रमोद बास्कोटा, काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका ८ बस्ने २७ वर्षीय सन्तोष रम्तेल र रौतहटका १८ वर्षीय रुपेश तिमिल्सिना रहेका छन् ।

विशेष सूचनाको आधारमा काठमाडौं महानगरापलिका १४ स्थित कलङ्कीबाट उनीहरुलाई पक्राउ गरिएको महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ ।

उनीहरुलाई प्रहरी वृत्त कालिमाटी र महानगरीय अपराध महाशाखाबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो ।

गएराती चितवनबाट बिक्री वितरण गर्न कछुवा काठमाडौं ल्याउँदै छ भन्ने सूचना प्रहरीमा आएको थियो ।

सोही सूचनाको आधारमा खोजतलास गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिए । उहाँका अनुसार कछुवा ३५ लाखमा विक्री वितरण गर्न मोततोल भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

उनीहरुको साथमा फेला परेको पहेँलो रङको कछुवाको तौल ७०० ग्रामको र लम्बाई १२ ईन्चको छ । उनीहरुमाथि महानगरीय प्रहरी वृत्त कालिमाटीले अनुसन्धान थालेको छ ।

प्रकाशित मिति : २७ भदौ २०७७, शनिबार  ६ : ३७ बजे

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना

आर्थिक लक्ष्य पूरा गरेपछि सिटिजन लाइफ देवदह शाखाद्वारा वृक्षारोपण

देवदह । सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी

प्रधानमन्त्री शाहले आज हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासङ्घका प्रतिनिधिहरूसँग

एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन