६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

दुर्लभ वन्यजन्तु कछुवासहित पाँच पक्राउ



काठमाडौं । प्रहरीले काठमाडौंमा दुर्लभ वन्यजन्तु कछुवासहित पाँच जनालाई आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुर्खेत भेरीगङ्गाका २५ वर्षीय सर्वराज बुढा, नुवाकोट बेलकोटगढी नगरपालिका ५ बस्ने १८ वर्षका सुरेन्द्र श्रेष्ठ र १९ वर्षका प्रमोद बास्कोटा, काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका ८ बस्ने २७ वर्षीय सन्तोष रम्तेल र रौतहटका १८ वर्षीय रुपेश तिमिल्सिना रहेका छन् ।

विशेष सूचनाको आधारमा काठमाडौं महानगरापलिका १४ स्थित कलङ्कीबाट उनीहरुलाई पक्राउ गरिएको महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ ।

उनीहरुलाई प्रहरी वृत्त कालिमाटी र महानगरीय अपराध महाशाखाबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो ।

गएराती चितवनबाट बिक्री वितरण गर्न कछुवा काठमाडौं ल्याउँदै छ भन्ने सूचना प्रहरीमा आएको थियो ।

सोही सूचनाको आधारमा खोजतलास गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिए । उहाँका अनुसार कछुवा ३५ लाखमा विक्री वितरण गर्न मोततोल भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

उनीहरुको साथमा फेला परेको पहेँलो रङको कछुवाको तौल ७०० ग्रामको र लम्बाई १२ ईन्चको छ । उनीहरुमाथि महानगरीय प्रहरी वृत्त कालिमाटीले अनुसन्धान थालेको छ ।

प्रकाशित मिति : २७ भदौ २०७७, शनिबार  ६ : ३७ बजे

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा

मुस्ताङ । लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना, ११ जनाको मृत्यु

कास्की । कास्कीमा असोज महिनामा ५९ सवारी दुर्घटना भएका छन्

यसवर्षका दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

चितवन । भोटीकोशी र बूढीगण्डकी बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

राँझा । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१९ का अमजत अली शेख विगत

बेनी-जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

म्याग्दी । म्याग्दीका पर्यटकीय स्थलहरुमा दसंँ लगत्तै पर्यटकको चहलपहल बढ्न