१० श्रावण २०८३, आइतबार | July 27, 2026

सिन्धुपाल्चोक पहिरो अपडेट : ७ जनाको शव भेटियो, २४ अझै वेपत्ता



काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका विभिन्न स्थानमा गएको पहिरोमा बेपत्तामध्ये सात जनाको शव फेला परेको छ। पहिरोमा पुरिएर अझै २४ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी अनुसार अहिले सम्म ७ जनाको शव फेला परेको छ भने २४ जना अझै बेपत्ता रहेकाछन् । प्रहरीले प्रारम्भिकरुपमा १९ घर पुरिएको आंकलन गरेको छ । पुरिएको घरको संख्या अझै बढ्न सक्ने प्रजिअ ढकालले बताए ।

वर्षा जारी रहेका कारण उद्दार तथा तत्काल राहत पठाउन असहज भएको उनले बताए । सदरमुकाममा हेलिकप्टर र राहत बोक्ने गाडी तयारी अवस्थामा राखेका छौं, प्रजिअ ढकालले भने । २५० परिवारलाई तत्काल उघार गरेर अन्यत्र सार्न आवश्यक रहेको प्रहरीले बताएको पनि ढकालले बताए ।

उद्दारका क्रममा भेटिएको शवको सनाखत हुन सकेको छैन । प्रहरीले उद्दार तथा सनाखतको प्रयास पनि गरिरहेको प्रशासनले जनाएको छ ।

बाह्रबिसे नगरपालिकाको भीरखर्कबाट पहिरो नागपुजे हुँदै भोटेकासीसम्म खसेको प्रहरीले जनाएको छ ।

सभामुख पहिरो स्थलमा :

पहिरो खसेको जानकारी पाउनासाथ सभामुख अग्नी सापकोटा घटनास्थल पुगेका छन् । उनले पहिरो स्थलमै पुगेर स्थानीय तह र प्रहरीको समन्वयमा उद्दार तथा राहतको काममा तिब्रता दिन स्थानीय प्रशासनलाई आग्रह गरे ।

पहिरो खसेको जानकारी पाएलगत्तै उनी बिहान ४ बजे सडक यातायातको माध्यमबाट घटनास्थल हिँडेका थिए । सिन्धुपाल्चोक सभामुख सापकोटाको गृह जिल्ला हो ।

प्रकाशित मिति : २८ भदौ २०७७, आइतबार  १० : ५२ बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले