२० बैशाख २०८१, बिहिबार | May 2, 2024

कालीकोटमा कोभिड-१९ विशेष अस्पताल सञ्चालन



कालिकोट । कालिकोट जिल्लामा कोभिड–१९विशेष अस्पताल सञ्चालनमा आएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार अस्पतालको शुभारम्भ गरेका छन् ।

अस्पताल शुभारम्भ गर्दै मुख्यमन्त्री शाहीले अन्य प्रदेशमा भन्दा कर्णालीमा कोरोना सङ्क्रमित कम रहेको जिकिर गरे । शाहीले भने, “कर्णालीका नागरिकले कोरोना सङ्क्रमणबाट मृत्यु व्यहोर्नु पर्ने छैन । उपचारका लागि जुम्ला र सुर्खेत जानुपर्ने बाध्यता अब हट्नेछ ।”

मुख्यमन्त्री शाहीका अनुसार कर्णाली प्रदेशका १० वटा जिल्लामा यति ठूलो भवनमा कतै पनि कोभिड विशेष अस्पताल बनेको छैन ।

‘जनस्वास्थ्यका मापदण्डको अवलम्बन गरौँ, कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा सहयोग गरौँ’ भन्ने मूल नारालाई सार्थक बनाउँदै कोभिड–१९ विशेष अस्पताल सञ्चालनमा ल्याइएको हो। प्रदेश सरकारको एक करोड ७० लाख बजेटमा विशेष अस्पताल तयार भएको हो ।

कार्यक्रममा प्रदेशसभा सदस्य कुर्मराज शाहीले अबका दिनमा जिल्लावासीले कोरोनाकै कारण अकालमा ज्यान गुमाउन नपर्ने बताए ।

कालिकोटका नौवटा स्थानीय तहमा बनाइएका साबिकका क्वारेन्टिन नै अहिले आइसोलसन बनेका छन् । ती तहले आफ्नो पालिकामा देखिएका सङ्क्रमितलाई कोभिड विशेष अस्पतालमा भर्ना गरे उपचारमा कमी नहुने बताइएको छ ।

विशेष अस्पतालमा हाल ५४ शैयाको तयारी पूरा भएको छ । एकीकृत भवनमा सञ्चालनमा ल्याइएको उक्त अस्पतालमा हाल आइसियु कक्ष २ र भेन्टिलेटर एक गरी जम्मा ५४ श्ययाको तयार गरिएको अस्पताल विकास समितिका अध्यक्ष सरोज बोगटीले जानकारी दिए ।

जिल्ला स्वास्थ्य कार्यालयका कटकबहादुर महतका अनुसार जिल्लामा अहिले सयजना क्वारेन्टिनमा छन् । कोरोना सङ्क्रमित तिलागुफा नगरपालिकामा मात्र २० जना आइसोलेसनमा रहेको महतले जानकारी दिए ।-रासस

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  १२ : ३२ बजे

टी-२० विश्वकप खेल्ने नेपाली टिमको घोषणा, को को परे ?

काठमाडौं । नेपालले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका