४ पुस २०८२, शुक्रबार | December 19, 2025

रुपन्देहीमा असोज ४ गतेसम्म निषेधाज्ञा थप



बुटवल । असोज ४ गतेसम्मका लागि रुपन्देहीमा निषेधाज्ञा अवधि थप गरिएको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले गरेको सिफारिस र जिल्ला सुरक्षा समितिको बैठकले गरेको निर्णयका आधारमा आइतबार राती १२ बजेदेखि असोज ४ गतेसम्म निषेधाज्ञा कायमै रहेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जारी गरेको आदेशमा जनाइएको छ ।

यातायात व्यवसायीले गाडी चलाउन पाउनुपर्ने माग गरेपनि रुपन्देही प्रशासनले यात्रुवाहक सार्वजनिक यातायातका साधन सञ्चालन गर्न रोक लगाएको छ ।

होटलहरुमा टेक अबे बाहेकका सेवा बन्द रहने जनाइएको छ । सभा गोष्ठी, तालिम, सेमिनार, पार्टी प्यालेस, सैलुन, समूहमा खेलिने खेलहरु पनि बन्द रहनेछन् ।

अति आवश्यक उपभोग्य वस्तु र सेवा, औषधिजन्य वस्तु र सेवा बाहेकका अन्य व्यापार व्यवसायलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म मात्रै सञ्चालन गर्न भनिएको छ ।

यस्तै शैक्षिक संस्था, प्रशिक्षण केन्द्रहरु, ट्युसन सेन्टरहरु, मठमन्दिर, मस्जिद, चर्चलगायतका धार्मिक स्थलहरुमा दैनिक नित्य पूजाबाहेकका काम गर्न रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आइतबार जारी गरेको आदेश अनुसार सोमबार बिहान ६ बजेदेखि जोर नम्बर हुने जोर बार र बिजोर नम्बर हुने निजी गाडी बिजोर बार चलाउन अनुमति दिएको हो ।

प्रकाशित मिति : २८ भदौ २०७७, आइतबार  ७ : ५४ बजे

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता

निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष,