३ मंसिर २०८२, बुधबार | November 19, 2025

लुम्बिनी विकास कोषद्वारा कोहोरको परिवारलाई एक लाख एक हजार सहयोग



भैरहवा । लुम्बिनी विकास कोषले एक हप्ता अगाडी निधन भएका लुम्बिनी विकास कोषका कार्यकारणी सदस्य अमिरिका प्रसाद कोहोरको परिवारलाई एक लाख एक हजार सहयोग प्रदान गरेको छ ।

लुम्बिनी विकास कोषका अध्यक्ष समेत रहेका सस्कृति, पर्यटन तथा नागारिक उड्डयन मन्त्री योगेश कुमार भट्टराइले स्वर्गिय कोहारको घर पडरियामै पुगी उनको परिवारलाइ उक्त रकम हस्तान्तरण गरेका हुन् ।

लुम्बिनीदेखि दक्षिणमा रहेको उनको घरमा पुगी लुम्बिनी विकास कोषका अध्यक्ष समेत रहेका भट्टराइले शोकाकुल परिवारमा समबेदना समेत व्यक्त गर्दै भने, ‘यो दुखको घडीमा नेपाल सरकार, लुम्बिनी विकास कोष तपाईहरुको साथमा छ । ’

मन्त्री भट्टराइले अमिरिकाले लुम्बिनी क्षेत्रको विकासमा पुराएको योगदान उल्लेखनीय भएको समेत बताए । कोषका कार्यकारणी सदस्य रहेका अमिरिकाको हृदयघातको कारण ५५ बर्षको उमेर भदौं २३ गते राति निधन भएको थियो ।

विक्रम सम्बत २०२३ साल चैत्र ३ गते लुम्बिनीको पडरीयामा जन्मीएका अमिरिका २०६६ सालमा ५ बर्ष सम्म कोषको कार्यकारणी सदस्यको रुपमा लुम्बिनीको विकासमा सक्रिय थिए । यसैगरी उनी २०७३ सालदेखि पुनः दोस्रो कार्यकालको रुपमा कोषमा सक्रिय थिए । कोहार नेपाली कांग्रेस रुपन्देहीको पुर्व जिल्ला उपभासभापति समेत थिए ।

प्रकाशित मिति : २८ भदौ २०७७, आइतबार  ८ : २१ बजे

५ वटा ज्यानमार्ने उद्योगसहित ६ मुद्दामा फरार सरोजविक्रम विष्ट (समिर)पक्राउ

नेपालगन्ज । बाँकेमा ५ वटा ज्यान मार्ने उद्योग र एक

समाज कल्याण परिषद्को सदस्य सचिवमा मनोज भट्ट नियुक्त

काठमाडौ । सरकारले समाज कल्याण परिषद्को सदस्य सचिवमा मनोज भट्टलाई

बाराको सिमरामा जेनजी युवा र एमाले कार्यकर्ताबीच झडप, कर्फ्यू लगाइयो

काठमाडौं । एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत

मोटोपनले अस्वस्थ महिला

काठमाडौँ । अस्पतालमा नेपाली महिलाहरुको पेट, कलेजोको जाँच गर्दा ५७

‘मौरिस हर्जोग’ पदमार्गका अस्थायी पुलमा आलोपालो आवतजावत गर्नुपर्ने अवस्था

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविर