२८ भदौ २०८३, आइतबार | September 14, 2026

दुर्लभ बन्यजन्तु ‘रेडपाण्डाको’ छाला सहित ५ जना पक्राउ



नेपालगन्ज । बाँके प्रहरीले प्रतिबन्धित रेडपाण्डाको छाला सहित ५ जनालाई पक्राउ गरेको छ । बाँके प्रहरीका अनुसार गोप्य सुचनाका आधारमा बाँके बैजनाथ-१ मा रहेको एउटा रेष्टुरेन्टबाट छाला सहित ५ जनालाई पक्राउ गरेको हो ।

बैजनाथ -१ स्थित गगन थारुले संचालन गरेको डेनियाल रेष्टुरेण्टमा रेडपाण्डाको मोलमोलाइ भईरहेको अवस्थामा प्रहरीले छापा मारेको थियो । प्रहरीले दुर्लभ वन्यजन्तु (रेडपाण्डा) को नग्रा, दात समेत रहेको छाला सहित सुर्खेतको भेरीगंगा नगरपालिका ५ का देव बहादुर बाठा,गणेश बि.क, जय बहादुर बि.क तथा जाजरकोट कुसे गाउँपालिका ईन्द्र बहादुर नेपाली र कृष्ण वलीलाई पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुलाई बन्यजन्तु संरक्षण ऐन बमोजिम अभियोगमा मुद्धा चलाईने प्रहरीले जनाएको छ । राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (क) बमोजिम दुर्लभ वन्यजन्तु बन्यजन्तुको अंग ओसारपसार र बिक्रीमा १० लाख रुपैयाँसम्म जरिवाना र ५ वर्षदेखि १० वर्षसम्म कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।

प्रकाशित मिति : २८ भदौ २०७७, आइतबार  ९ : ४० बजे

भोटेकोशी बाढीपीडितलाई रु सात लाख १५ हजार सहयोग

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौँ । नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

कृष्णभीरमा नयाँ ट्याक परीक्षण सफल

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा