८ बैशाख २०८१, शनिबार | April 20, 2024

वर्षौंदेखिको चोरी पैठारी नाकामा शसस्त्रको बीओपीको अवरोध



लुम्बिनी । चोरी पैठारीको माध्यमबाट पटक पटक नेपाल भित्राईंदै गर्दा शसस्त्र प्रहरीले बरामद गरेको ९२ हजार मुल्य बराबरको बिभिन्न सामाग्री भन्सार चलान गरिएको छ ।

शसस्त्र प्रहरीबल बीओपी बयरघाटले पटक पटक गरि बरामद गरेको सामान आईतबार बेलहिया भन्सार चलान गरेको हो । शसस्त्रले भन्सार पठाएको सामानहरुमा चीनी,औषधी, खाद्यसामाग्री लगायत छन् ।

लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं.१३ स्थित अजमा निपनिया ,ओडवलिया सीमा नाकाबाट नेपाल भित्राईंदै गरेको सामान शसस्त्र प्रहरीले बरामद गरि बेलहिया भन्सार पठाईएको शसस्त्र प्रहरी निरीक्षक संजित मानन्धरले जानकारी दिए ।
यसै गरि थुम्हवा पिपरहवा भन्सार नाकाबाट नेपाल ल्याईंदै गरेकोे १५ बोरा मटरदाल समेत बरामद गरि भन्सार पठाईएको शसस्त्र प्रहरी सुरक्षा बेस क्याम्प दुईमुहानघाटका प्रमुख सहदेव सापकोटाले बताए ।

वर्षौंदेखि चोरी पैठारीका लागि स्वतन्त्र रहेको ती नाकाहरुमा शसस्त्रको बीओपी स्थापना भएपछि चोरी पैठारीमा संलग्नहरुलाई समस्या उत्पन्न भएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  १० : ३९ बजे

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु

पेरिसस्थित इरानको दूतावासमा विस्फोटको धम्की दिने पक्राउ

पेरिस । फ्रान्सेली प्रहरीले पेरिसस्थित इरानको दूतावासमा बम विस्फोट गराउने

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ । आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस

‘पुजार सार्की’को ‘दर्शन गरेँ’ सार्वजनिक

काठमाडौं । जेठ १० गते रिलिज हुने चलचित्र ‘पुजार सार्की’को

चिनिया आइफोनमा व्हाट्सएप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ । एप्पलले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका