१० श्रावण २०८३, आइतबार | July 26, 2026

कोरोना भाइरसको बारेमा गलत प्रचार गर्ने तीनलाई कारवाही



लमजुङ । जिल्लामा बढ्दो कोरोना भाइरस सङ्क्रमण (कोभिड–१९)का बारेमा गलत प्रचार गर्ने तीन जनालाई जिल्ला प्रशासन कायालयले कारवाही गरेको छ ।

बेँसीशहर नगरपालिका वडा नं. ७ का ४० वर्षीय पुरुष, ४५ वर्षीय महिला र वडा नं. ११ का २९ वर्षीय पुरुषलाई आज जिल्ला प्रशासन कार्यालयमा बोलाएर कारवाहीस्वरुप प्रतिव्यक्ति रु पाँच सय जरिवाना गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।

उनले भने, “उनीहरुले सामाजिक सञ्जाल र कोरोना सङ्क्रमित परिवारलाई भेटेर कोभिड–१९ का बारेमा गलत प्रचार गर्ने, कोरोना सङ्क्रमित परिवारलाई अपहेलना गर्ने र समाजमा अनाश्यक भ्रम फैलाउने गरेकाले पहिलो पटक उनीहरुलाई कारवाही गरेका हौं ।”

सङ्क्रमण रोग ऐन, २०२० को दफा (२) विरुद्धको गतिविधि गरेको र उनीहरुलाई छ महिनासम्म कैद सजाय हुने भए पनि पहिलो पटक भएकाले कारवाही स्वरुप उक्त जरिवाना गरेर छाडेको प्रमुख जिल्ला अधिकारी शर्माको भनाइ छ । रासस

प्रकाशित मिति : २९ भदौ २०७७, सोमबार  ६ : ३३ बजे

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले

एमबीएस प्रश्नपत्र लीक प्रकरण : सिआइबीले सार्वजनिक गर्‍यो मुख्य आरोपीको नाम

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले त्रिभुवन

पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान

काठमाडौं । माइतीघर मण्डला क्षेत्रमा वर्षायाममा डुबानको मुख्य कारण त्यस