३ आश्विन २०८३, शनिबार | September 19, 2026

कपिलवस्तुकी कोरोना संक्रमित महिलाको बुटवलमा मृत्यु



बुटवल । कपिलवस्तुकी कोरोना संक्रमित महिलाको बुटवलमा मृत्यु भएको छ ।

बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत संक्रमितको मृत्यु भएको हो ।

कपिलवस्तु शिवराज नगरपालिका वडा नं ५ की ४७ वर्षीया महिलाको उपचारका क्रममा सोमबार बिहान ४:३० बजे मृत्यु भएको लुम्बिनी प्रदेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए ।

मिर्गौलाको समस्या रहेकी ति महिला भदौ २१ गते बुटवलको गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा डाइलाइसिस गराउन आएकी थिइन । उनमा कोरोना पोजेटिभ देखिएपछि बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा लगिएको गौतमले बताए ।

उनको आइसीयूमा उपचार जारी रहेकोमा रातीदेखि अवस्था गम्भीर भएको र बिहान मृत्यु भएको गौतमले खबरकुरालाइ बताए ।

गौतमका अनुसार कोरोना विशेष अस्थायी अस्पतालमा सोमबारसम्म १७ जना आइसीयूमा र १ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

प्रकाशित मिति : २९ भदौ २०७७, सोमबार  ८ : ५५ बजे

कार्यदल मै नरहेका प्रदीप ज्ञवालीले लेखे पुनर्गठनसम्बन्धी कार्यदलको तेस्रो प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठनसम्बन्धी एजेण्डामा तेस्रो प्रतिवेदन

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

सिमरा होटलमा विवादपछि चक्कु प्रहार, ३५ वर्षीय युवकको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित एक होटलमा चक्कु प्रहारबाट

खजुरा क्यान्सर अस्पतालमा बिग्रेको लिन्याक मेसिन ६ महिनापछि सञ्चालनमा

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब

पत्रकार टेकराज थामी वेपत्ता भएकोमा पाकिस्तानी राजदूत खानद्वारा दुःख व्यक्त

काठमाडौं । नेपालका लागि पाकिस्तानी राजदूत मोहम्मद आमिर खानले भोटेकोशी