२० मंसिर २०८२, शनिबार | December 6, 2025

बाँकेमा थपिए २९ कोरोना संक्रमित, खजुरामा एकाघरका ४ जनामा संक्रमण



नेपालगन्ज । पछिल्लो २४ घण्टामा बाँकेमा २९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय बाँकेले जानकारी दिए अनुसार १० महिला र १९ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

सोमबार बाँकेमा थपिएका संक्रमितहरुमा खुजुरा गांउपालिकाबाट ८ जना, कोहलपुर नगरपालिकाबाट ७ जना, नेपालगन्ज उपमहानगरबाट ६ जना, राप्ती सोनारीबाट २ जना, बैजनाथ गाँउपालिकाबाट १ जना तथा अन्य जिल्ला ठेगाना भएर बाँकेमा बस्दै आएका ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । खजुरामा संक्रमण पुष्टि भएका ४ जना एकाघरका परिवार हुन् ।

आज थपिएसंगै बाँकेमा सक्रमितको संख्या १४६९ पुगेको छ । बाँकेमा १०३६ जनाको टिस्चार्ज भएको छ भने ८ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २९ भदौ २०७७, सोमबार  ५ : ०० बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति