२९ आश्विन २०८३, बिहिबार | October 15, 2026

कैलालीका नदीमा डल्फिनको चहलपहल



कैलाली । नदीमा पानीको सतह बढ्न थालेपछि यहाँस्थित नदीमा डल्फिनको चहलपहल बढेको छ । कर्णालीका सहायक नदीअन्तर्गत टीकापुर र भजनी नगरपालिका क्षेत्रका विभिन्न नदीमा डल्फिन देखिन थालेका हुन् ।

संरक्षणकर्मी भोजराज ढुङ्गानाले नदीमा जलस्तर बढेसँगै बच्चा हुर्काउन आउने डल्फिन देखिन थालेका हुन् । “यस वर्ष पहिलो पटक असार १६ गते एउटा बच्चासहित तीन वटा डल्फिन देखिएका थिए । वर्षा ढिलो भएकाले अघिल्ला वर्षको तुलनामा ढिला गरी डल्फिन आएको हो”, उनले भने ।

काँढा नदीमा पानीको सतह न्यून रहेकाले डल्फिन देखिएका थिएनन् । टीकापुर–७ र भजनी नगरपालिका–८ को मोहना र पथरैया नदीको दोभानमा डल्फिन नियमित देखिन थालेका छन् ।

कर्णालीका सहायक नदी मोहना, पथरैया, काँडा र कान्द्रालगायत क्षेत्रमा हरेक वर्ष मनसुनका बेला डल्फिन देखिने गर्छन् । नेपाल र भारतका विभिन्न नदी प्रणालीमा बसोबास गर्ने डल्फिन मनसुन अवधिभर कर्णालीका सहायक नदीमा बस्ने र करिब तीन महिनापछि पुनः कर्णाली नदीतर्फ फर्कने गरेको संरक्षणकर्मी ढुङ्गानाले जानकारी दिए ।

डल्फिनका मुख्य आहारा माछा, घोँगी तथा लेउ हो । यहाँ पाइने प्लाटानिस्टा ग्याङ्गेटिका प्रजातिको डल्फिन नेपालसँगै भारत, पाकिस्तान र बङ्गलादेशमा मात्र पाइने दुर्लभ जलचर हो ।

संरक्षणका लागि विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ), संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी), तराई भू परिधि कार्यक्रम, विश्व संरक्षण सङ्घ, राष्ट्रिय प्रकृति संरक्षण कोष, डिभिजन वन कार्यालय पहलमानपुर, टीकापुर र भजनी नगरपालिका तथा जानकी गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

कर्णाली नदीमा पहिलोपटक विसं २०५४ मा डल्फिन अभिलेख गरिएको थियो । स्थानीय भोजराज श्रेष्ठ (गुलेली बाजे) ले पहिलो पटक डल्फिन देखेपछि यसको प्रचारप्रसार र संरक्षण अभियान सुरु गरेका थिए ।

मनसुनका बेला डल्फिन अवलोकन गर्न भारत, चीन, थाइल्यान्ड, जापान, अमेरिकालगायतका मुलुकबाट पर्यटक आउने गरेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले डल्फिनलाई संरक्षित वन्यजन्तुको सूचीमा समावेश गरेको छ ।

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  १ : ०३ बजे

बाढीपछिको पुनरुत्थान र जलवायु-उत्थानशील पुनर्निर्माणमा नेपाललाई सघाउन एडीबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको

कांग्रेस महाधिवेशनको मतगणना आज सकिने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य रु १,१०० र

बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार

गोरखा । बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढी नागरिकको

करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन असोज ३१ सम्म बिल प्रविष्ट गर्नुपर्ने

काठमाडौं । आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको करदाता प्रोत्साहन