४ पुस २०८२, शुक्रबार | December 20, 2025

जग्गाको कित्ताकाट फुकुवा गर्ने निर्णय कार्यान्वयनमा सर्वोच्चको अंकुश



काठमाडौं । कृषियोग्य जग्गाको कित्ताकाट फुकुवा गर्ने सरकारको निर्णय कार्यान्यन गर्न सर्वोच्च अदालतले अल्पकालीन रोक लगाएको छ ।

अधिवक्ता सन्तोष भण्डारी, सुजन नेपाल र नवराज पाण्डेले भूमि व्यवस्था तथा गरिबी निवारण मन्‍त्रालयलाई विपक्षी बनाई दायर गरेको रिटमाथि सुनुवाई गर्दै सोमबार सर्वोच्चले यस्तो आदेश जारी गरेको हो ।

न्यायाधीस सुष्मालता माथेमाको एकल इजलासले जग्गा कित्ताकाटको फुकुवाको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

सर्वोच्च अदातलले असोज ८ गते सरकार र रिट निवेदक दुबै पक्षलाई छलफलमा बोलाएपछि अन्तरिम थप आदेश दिन पर्ने या नपर्नेबारे फैसला गर्नेछ ।

भूमि व्यवस्था तथा गरिबी निवारण मन्‍त्रालयले गत भदौ १८ गते मन्त्रीस्तरीय निर्णय गर्दै कित्ताकाटको फुकुवा गरेको थियो ।

तर, सरकारले नै २०७४ साउन २६ गते भूमि व्यवस्था मन्त्रालयको मन्त्रीस्तरको निर्णय गर्दै कृषियोग्य जमिनको कित्ताकाट गर्न रोक लगाएको थियो । प्लटिङ गर्न स्वीकृति लिएको हकमा र अंशवण्डा गर्नेको हकमा बाहेक जग्गा कित्ताकाटमा रोक लगाएको थियो ।

रिट निवेदकहरुले अहिले खुलाएको कित्ताकाटले कृषियोग्य भुमि घडेरीमा परिवर्तन हुने जग्गाको खण्डीकरण खतरा रहेको जिकिर गरेका छन् ।

प्रकाशित मिति : २९ भदौ २०७७, सोमबार  ६ : ११ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको