२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

बाँकेमा ४२ कोरोना संक्रमित निको भएर घर फर्कंदै



नेपालगन्ज । बाँकेमा जति जति संक्रमितहरु थपिँदै गएका छन् त्यती त्यती डिस्चार्ज हुनेको संख्या पनि बढ्दै गएको छ । सोमबार २९ जना संक्रमित थपिएको बाँकेमा मंगलबार ४२ जना डिस्चार्ज हुँदै छन् ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार बाँकेबाट मंगलबार डाक्टर, पत्रकार, नेपाल प्रहरी, विभिन्न बैंकका कर्मचारी लगायत ४२ जना कोरोना संक्रमित निको भइ डिस्चार्ज हुँदैछन । डिस्चार्ज हुनेमा १८ महिला र २४ जना पुरुष छन् ।

बाँके डीसीसीएमसीका कोरोना फोकलपर्शन नरेश श्रेष्ठका अनुसार मंगलबार डिस्चार्ज हुनेहरुमा भेरी अस्पतालका डाक्टर एक जना, पत्रकार एक जना, जिल्ला प्रहरी कार्यालय बाँकेका ९ जना प्रहरी, भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारी तथा एनआइसी एसिया बैंक, नबिल र माछापुच्छ्रे बैंकका कर्मचारी समेत गरेर ४२ जना रहेका छन ।

मंगलबार डिस्चार्ज भएसँगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ७८ पुगेको छ ।

बाँकेका विभिन्न आइसोलेसन केन्द्रमा अन्य जिल्लाका ३ जना समेत गरी ३ सय ८६ जना संक्रमित उपचाररत रहेको डीसीसीएमसीका फोकलपर्शन श्रेष्ठले बताए । बाँके जिल्लामा भेटिएका जम्मा संक्रमितको संख्या १ हजार ४ सय ६९ रहेको छ । जिल्लामा ४ पुरुष र ४ महिला गरी ८ जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ ।

प्रकाशित मिति : ३० भदौ २०७७, मंगलबार  १० : २३ बजे

मेयर कप क्रिकेटमा लायन किङ्स विजयी

‎नेपालगन्ज । नेपालगन्जमा जारी नेपालगन्ज मेयर कप पुरुष क्रिकेट प्रतियोगिता

निर्वाचन प्रहरीको बिदाइ

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य

खाना पकाउने ग्यास अवदेखि आधा मूल्यमा आधा सिलिण्डर

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास आधा मूल्यमा

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी । राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

बुटवल र सैनामैनामा वायु प्रदूषण न्यूनीकरण गर्न ‘स्वच्छ हावा’ कार्यक्रम

बुटवल । रुपन्देहीका २ वटा स्थानीय तहमा ‘आमा तथा नवजात