१० श्रावण २०८३, आइतबार | July 26, 2026

विद्युत प्राधिकरणका कर्मचारीले गरे कुलमान घिसिङको भावपूर्ण विदाई



काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकको रुपमा कुशलतापूर्वक कार्यकाल पुरा गरेका कुलमान घिसिङलाई प्राधिकरणले औपचारिक विदाई गरेको छ ।

मंगलबार प्राधिकरणको केन्द्रीय कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरी कर्मचारीहरुले घिसिङलाई विदाई गरेका हुन् ।

विदाई कार्यक्रममा नेपाल विद्युत प्राधिकरणको आधिकारिक कर्मचारी युनियनका अध्यक्ष रामेश्वर पौडेलले घिसिङको कार्यकालमा प्राधिकरणले छलाङ मारेको बताए । पौडेलले आगामी १५ दिनभित्र घिसिङलाई स्वागत गर्न पाइयोस भनि आशा व्यक्त गरे ।

कार्यक्रममा प्राधिकरणका उपकार्यकारी निर्देशक लेखनाथ कोइरालाले घिसिङले २६ वर्षसम्म प्राधिकरणको हितका लागि गौरब गर्न लायक काम गरेको जिकिर गरे ।

चार वर्ष अघि प्राधिकरणको नेतृत्व सम्हाल्न पुगेका घिसिङले कुशल व्यवस्थापनका साथ देशलाई लोडेसडिङ मुक्त गराउन सफल भएका छन् ।

कुलमान घिसिङ कार्यकारी निर्देशक हुनुअघि प्राधिकरणको काम लोडसेडिङको तालिका बनाउने मात्रै सीमित भएको थियो ।

यसैकारण आम सर्वसाधारणले कुलमान घिसिङलाई प्राधिकरणमा पुनः नियुक्ति दिनुपर्ने माग गरिरहेका छन् ।

घिसिङले देशलाई लोडसेडिङ मुक्त मात्र बनाएनन्, निरन्तर घाटामै गैरहेको प्राधिकरणलाई अर्बौंको नाफामा लगेका छन् ।

प्रकाशित मिति : ३० भदौ २०७७, मंगलबार  ३ : ४४ बजे

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जलसम्पदालाई

सरकारी वार्ता टोली र डा. गोविन्द केसी पक्षबीच वार्ता

धनगढी । कैलालीको धनगढीमा अनशनरत डा गोविन्द केसी पक्षसँग नेपाल

रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ । रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव

भारतीय बिरामीको उपचार गन्तव्य बन्दै भरतपुर आँखा अस्पताल ठोरी

चितवन । नेपालको सीमावर्ती गाउँमा सञ्चालनमा रहेको एउटा आँखा अस्पताल

लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीहरूले बुझाए संसदीय दलमा सामूहिक राजीनामा

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले