२१ भदौ २०८३, आइतबार | September 6, 2026

प्याजमा एकै दिन किलोमा १५ रुपैयाँ बढ्यो



काठमाडौं । नेपालमा प्याजको मुल्य बृद्धि भएको छ । छिमेकी मुलुक भारतले प्याज निर्यातमा बन्देज लगाएकै भोलिपल्ट नेपालमा भारतीय प्याजको मूल्य प्रतिकिलो १५ रुपैयाँले बढेको छ ।

कालिमाटी थोक बजारमा प्याजको मूल्य एकैदिनमा २५ प्रतिशत बृद्धि भएको छ । सोमबार थोक बजारमा प्रतिकेजी ६० रुपैयाँमा कारोबार भएको प्याजको मूल्य मंगलबार प्रतिकेजी ७५ मा कारोबार भएको छ ।

खुद्रा पसलमा ९० रुपैयाँमा बिक्री बितरण हुन थालेको छ । सोमबार मात्रै भारतले प्याज निर्यातसम्बन्धी नीतिमा परिवर्तन गर्दै प्रतिबन्ध लगाएको हो । भारतबाट केही दिनदेखि प्याज आयात कम हुन थालेपछि मूल्य बढिरहेको थियो ।

नेपाली बजारमा धेरै प्याज भारतबाटै आउने गर्छ । नेपालमा हिँउदमा रोपेर बैशाख जेठमा खनिने भएकाले भदौ असोजमा हरेक वर्ष प्याजको मूल्य बृद्धि हुने गरेको छ ।

केही समय अघि भारतले निर्यातमा प्रतिबन्ध लगाउँदा नेपाली बजारमा प्याजको मूल्य बढेर प्रतिकेजी २ सय ५० रुपैयाँसम्म पुगेको थियो । यदि भारतले निर्यातमा प्रतिबन्ध फुकुवा नगरेमा दसैंमा प्याजको मुल्य आकाशिने भएको छ । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ३१ भदौ २०७७, बुधबार  ६ : ५९ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त