२१ माघ २०८२, बुधबार | February 5, 2026

एक रातमा प्याजको मुल्य १०० प्रतिशत बढ्यो, काठमाडौमा अनुगमन सुरु, बुटवल उपमहानगरलाई पत्तो छैन



काठमाडौं । भारतले प्याज निर्यातमा रोक लगाएसँगै नेपालमा व्यवसायीहरुले आफुखुसी मुल्य लगाउन थालेका छन् । अघिल्लो दिनसम्म ६० देखि ७० रुपैयाँ प्रतिकिलो बिक्रि भएको प्याज भारतले निर्यात प्रतिबन्ध लगाएको खबर आएसँगै १०० देखि १३० रुपैयाँ सम्ममा बिक्रि गरेको पाईएको छ ।

भारतले निर्यात प्रतिबन्ध लगाए लगत्तै पुरानै खरिदको प्याजलाई मुल्य बढाएर बेच्ने ब्यवसायीलाई काठमाडौंमा भने कडाई गरिएको छ ।

बढी मुल्यमा प्याज बेचेको अभियोगमा काठमाडौं महानगरपालिकाको अनुगमन टोलीले बुधबार बल्खु बजारबाट एक जना व्यवसायी पक्राउ गर्नुका साथै केहि ब्यवसायीलाई पुर्जी काटेर कारवाही गरेको छ ।

अनुगमन टोलीले बल्खुस्थित तरकारी बजारमा बढी मूल्यमा प्याज विक्री गरेको अवस्थामा तरकारीका थोक बिक्रेता सुनिल केसीलाई नियन्त्रणमा लिएको छ ।

केसीको पसलबाट दुई सय ४० बोरा प्याज पनि बरामद गरिएको टोलीले जनाएको छ । बुधबार बिहानै अनुगमनमा निस्केको टोलीले अनुगमनका क्रममा अन्य ७ वटा पसललाई हाजिर भएर जरिवाना तिर्न भन्दै पूर्जी काटेको छ ।

उनीहरुले एक सयदेखि एक सय ३० रुपैयाँ प्रतिकिलो सम्ममा प्याज विक्री गरेको अनुगमन टोलीले फेला पारेको थियो ।

राजधानीमा स्थानीय तहले कडाई गरेपनि राजधानी बाहिरका शहरहरुमा भने व्यवसायीहरुले आफु खुसी मुल्य लगाएर प्याज बिक्रि बितरण गरिरहेका छन् ।

प्रदेश ५ को राजधानी बुटवलमा मंगलबार सम्म ४० देखि ५० रुपैयाँ प्रति किलो रहेको प्याज बुधबार ८० देखि एक सय ८० रुपैयाँ सम्ममा बिक्रि भईरहेको छ । बुटवलस्थित तरकारीको थोक बजारमा मंगलबारसम्म गोदामभरी प्याज देखिएकोमा रातारात गोदाम खालि बनाईएको प्याज किन्न गएका एकजना तरकारी व्यवसायीले खबरकुरालाई बताए ।

बजार अनुगमनका विषयमा बुटवल उपमहानगरपालिकाका अनुगमन समितिका संयोजक समेत रहेकी उप प्रमुख गुमादेवी आचार्यले जानकारी गराएकोमा धन्यबाद व्यक्त गर्दै बजार अनुमन हुने बताइन् ।

प्रकाशित मिति : ३१ भदौ २०७७, बुधबार  १० : ५४ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता