२१ भदौ २०८३, आइतबार | September 6, 2026

अझै रोकिए केरुङ नाकामा हजारभन्दा बढी कन्टेनर



काठमाडौं । नेपाल–चीन व्यापारको प्रमुख नाका, रसुवागढी भन्सार सुचारु हुन अवरोध भइरहँदा १० महीनादेखि चीनको केरुङमा रोकिएका सामान छुटाइदिन व्यवसायीहरूले सरकारका विभिन्न निकाय गुहारे पनि आश्वासन मात्रै पाउने गरेका छन् ।

कोरोना महामारीका कारण गत माघबाट उत्तरी नाकाहरू बन्द गरिँदा नेपाली व्यवसायीहरूले गतवर्ष नै चीनबाट आयात गर्न लागेका तयारी लत्ताकपडा, जुत्ताचप्पललगायत विद्युतीय सामग्रीसमेत गरी करीब हजारभन्दा बढी कन्टेनर सामान १० महीनादेखि केरुङ नाकामा रोकिएका छन् ।

बीचमा केही समय रसुवागढी र तातोपानी नाका सुचारु भए पनि पछिल्लो समय पुनः बन्द हुँदा नजिकिँदै गरेको दशैंका लागि सामान ल्याउन पाइने÷नपाइने चिन्तामा व्यवसायी छन् । व्यवसायीहरूले नाकामा रोकिएका सामान छुटाउन चीनसँग कूटनीतिक पहलको आग्रह गर्दै सरकारका विभिन्न निकायमा ज्ञापनपत्रसमेत बुझाइरहेका छन् ।

व्यवसायीहरूले हालसम्म परराष्ट्र, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा, समाजवादी पार्टीका नेता बाबुराम भट्टराईदेखि सत्तारूढ नेकपाका मन्त्रीहरूसँग पनि बारम्बार भेटेर आफ्ना समस्या राखेका छन् । उनीहरू सबैले पहल गरिदिने बताए पनि आश्वासनबाहेक केही गर्न नसकेको नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालको गुनासो छ ।

चीनमा कोरोना महामारी कम हुँदै गएपछि वैशाखको तेस्रो साताबाट खुलेको रसुवाढी भन्सार यस बीचमा पुनः दुईपटक बन्द भएको छ । त्यसमाथि, रसुवागढी भन्सारबाट चिनियाँ पक्षले फलफूलबाहेकका अन्य सामान दैनिक रूपमा पाँच गाडी मात्रै नेपाल प्रवेश दिने हुँदा महीनौंदेखि नाकामा अलपत्र नेपाली व्यवसायीहरूको सामान आयातमा कठिनाइ हुँदै आएको छ ।

पछिल्लो समय नाकामा काम गर्ने एक कामदारमा कोरोना संक्रमण देखिएपछि करीब २ सातादेखि नाका पूर्ण रूपमा ठप्प छ । हाल ती संक्रमित कामदार निको भएर घर फर्किसके पनि चिनियाँ पक्षले नाका सुचारु गर्न आनाकानी गरिरहेका कारण सामान आयातमा अझै समय लाग्न सक्ने देखिएको छ । उक्त समाचार आजको आर्थिक अभियानमा छापिएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहिबार  ६ : ३९ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त