१२ श्रावण २०८१, शनिबार | July 27, 2024

आजदेखि लामो दूरीको यातायात सञ्चालन



काठमाडौं । विश्वव्यापी महामारीको बाछिटा नेपालमा पनि देखिन थालेपछि सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउनको घोषणा गर्यो ।

लकडाउनसँगै सबैप्रकारको यातायात, उद्योगधन्दा कलकारखानाहरु बन्द गरिए । अत्यावश्यकबाहेकका काममा हिँडडुल गर्न प्रतिबन्ध लगाइयो ।

६ महिनादेखि बन्द रहेको यातायात सेवा आज असोज १ गतेबाट पुनः सुचारु भएको छ । व्यापार व्यवसाय पनि खुला भएका छन् ।

मन्त्रीपरिषद्को गत सोमबार बसेको बैठकले लामोदूरीको यातायात र आन्तरिक हवाई यातायात खुला गर्ने निर्णयसँगै आजबाट सेवा सुचारु भएको हो ।

त्यसो त, लामो दूरीको यातायात आजबाट मात्र खुला भएपनि छोटो दूरीको यातायात भने केही समयअघिदेखि नै सुचारु भएको थियो ।

काठमाडौं उपत्यकामा जोर विजोर प्रणालीसँगै सवारी साधन सञ्चालन भैरहेका छन् । उपत्यकाबाहिरका जिल्लामा पनि स्थानीय जिल्ला प्रशासनको निर्णयमा यातायात सञ्चालन भएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात सम्बद्ध तीनवटै ट्रेड युनियनका प्रतिनिधिले बुधबार सिंहदरबारमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङसँगे भेट गरेका थिए ।

त्यसलगत्तै उनीहरुले बुधबार नै संयुक्त विज्ञप्ति जारी गर्दै सबै सवारी साधन सञ्चालन गर्न आफ्ना सदस्यहरुलाई आग्रह गरिसकेका छन् ।

तर, यसरी सवारी साधन सञ्चालन गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड भने अनिवार्य रुपमा पालना गर्नुपर्ने सरकारले मापदण्ड तोकेको छ ।

चालक, सहचालक र बुकिङ काउण्टरका कर्मचारीले मास्क, पञ्जा अनिवार्य लगाउनुपर्नेछ भने सेनिटाइजर बारम्बार प्रयोग गर्नुपर्नेछ ।

यस्तै, सहचालकले फेस भाइजर समेत अनिवार्य लगाउनुपर्नेछ । यस्तै, यात्रुले समेत यात्रा अवधिभर मास्क लगाउनुपर्ने, गाडीमा चढ्दा र ओर्लिदा भीड नगरी निश्चित दूरी कायम गर्नुपर्ने छ भने राजमार्गमा खाजा खाना खाँदा समेत भीडभाड नगर्न अनुरोध गरिएको छ ।

मन्त्रिपरिषद्को निर्णय अनुसार सवै सवारी साधनले कुल सीट क्षमताको ५० प्रशिशत अर्थात आधा सिट संख्यामा मात्र यात्रु राख्न पाउनेछन् । तर, यात्रुले नियमित भाडाभन्दा ५० प्रतिशत बढी भाडा तिर्नुपर्नेछ ।

यातायात व्यवासायीहरुले लामो समयदेखि आफ्ना सवारी साधान ग्यारेजमा थन्काउनुपर्दा व्यवसाय संकटमा परेको, गाडीका पार्टपूर्जामा खिया लाग्न थालेको, बैंकको किस्ता तिर्न नसकिएको भन्दै खुला गर्न माग गरेका थिए । असोज १ गतेदेखि यातायात सञ्चालन गर्न नदिए सरकारको आदेशलाई उल्लंघन गर्दै एकतर्फी रुपमा संचालन गर्ने चेतावनी पनि दिएका थिए ।

यसअघि गत साउन ७ गते देशव्यापी लकडाउन हटाएको सरकारले भदौ १ गतेबाट लामोदूरीको यातायात सञ्चालन गर्न दिने निर्णय गरेको थियो । तर, साउनको दोस्रो सातादेखि कोरोना भाइरसको संक्रमण फैलिने क्रम निकै बढेपछि सरकार पूर्व निर्णयबाट पछि हटेको थियो ।

 

 

 

प्रकाशित मिति : १ आश्विन २०७७, बिहिबार  ६ : ५१ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान