५ श्रावण २०८३, मंगलबार | July 22, 2026

शंकर ग्रुपको लुटधन्दा: सबै कम्पनीमाथि व्यापक छानबिन हुँदै



काठमाडौं । सर्वसाधारण जनतालाई विभिन्न झुटा नारा र आश्वासन दिएर ठगी गर्दै आइरहेको शंकर ग्रुपको लुटधन्दा पर्दाफास हुने क्रम जारी छ । ग्रुपले ‘देशको मेरुदण्ड’ को भ्रामक नारा दिँदै बिक्री वितरण गर्दै आइरहेको जगदम्बा स्टिल्सद्वारा उत्पादित रड नै गुणस्तरहीन भेटिएपछि सरकारले सो रड बिक्री वितरण गर्न प्रतिबन्ध लगाएको छ ।

एक पछि अर्को गर्दै विभिन्न लुटधन्दा सार्वजनिक हुन थालेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले शंकर ग्रुपद्वारा सञ्चालित सबै कम्पनीमाथि एकै पटक छानबिन गर्ने तयारी गरेको छ ।

यसअघि शंकर ग्रुपमै संलग्न सुलभ अग्रवालले कोरोना महामारी सुरु हुनै लाग्दा थर्मल गनको व्यापक कालोबजारी गर्दै सर्वसाधारणलाई ठगी गरेपछि प्रहरी फन्दामा परेका थिए ।

गत २५ चैतमा पक्राउ परी १८ वैशाखमा साढे २५ लाख धरौटीमा रिहा भएका अग्रवालमाथिको छानबिन प्रक्रिया अझै जारी छ । सो समयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि सुलभलाई केही समय नियन्त्रणमा लिएर लकडाउन पछि छानबिन गर्ने भन्दै छोडेको थियो । तर, लकडाउन सकिए पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सुलभमाथिको छानबिनलाई तीव्रता दिन सकेको छैन ।

विभागका महानिर्देशक रूपनारायण भट्टराईले भने सुलभ अग्रवाल मात्रै नभएर शंकर ग्रुपद्वारा सञ्चालित सबै कम्पनीमाथि छानबिन थालिएको जानकारी दिए । ‘विभिन्न सूचनाका आधारमा शंकर ग्रुप र ग्रुपको सम्पूर्ण लगानीमाथि गम्भीर छानबिन गरिरहेका छांै,’ महानिर्देशक भट्टराईले भने ।

स्रोतका अनुसार शंकर ग्रुपले विभिन्न अवैधानिक बाटा प्रयोग गरेर सरकारलाई ठगीसमेत गर्दै आइरहेको छ । ‘एकातिर उपभोक्ता ठगिएका र अर्कातर्फ सरकारसमेत ठगिएकाले पनि यस्ता कथित घरानियाँमाथि गम्भीरतापूर्वक छानबिन हुनुपर्ने माग उपभोक्ताकर्मीले गर्दै आइरहेका छन् ।

छानबिनमा परेका शंकर ग्रुपका मुख्य कम्पनीहरू
– जगदम्बा स्टिल उद्योग प्रालि, बारा
– जगदम्बा सिमेन्ट उद्योग प्रालि, बारा
– मंगला सिमेन्ट उद्योग प्रालि, धादिङ
– जगदम्बा मिल्स
– रिद्धिसिद्धि मिनिरल वाटर
– युनियन लाइफ इन्स्योरेन्स
– जगदम्बा मोटर्स
–जगदम्बा वायर

विभागका महानिर्देशक भट्टराईले विभिन्न स्रोतबाट शंकर ग्रुपबाट भएका भनिएका अवैध गतिविधिबारे सूचना एवं जानकारी संकलन गर्ने काम भइरहेको बताए ।

मुलुक कोरोना भाइरस (कोभिड–१९) को महामारीको चपेटामा परेको थर्मलगनलगायत अन्य स्वास्थ्य सामग्रीमा कालोबजारी गरेको प्रमाणित भएदेखि शंकर ग्रुप र यससँग सम्बन्धित व्यक्ति खराब व्यवसायीका रूपमा दरिएका छन् ।

गत ११ चैतदेखि सरकारले मुलुक लकडाउन गरेर सबैलाई घरभित्रै बस्न र अत्यावश्यक कामबाहेक बाहिर निस्किए कारबाही हुने बताइरहेको बेला गत २५ चैतमा महानगरीय अपराध महाशाखाको विशेष टोलीले अवैध रूपमा बिक्री गर्न तयार पारिएका ६७ थान थर्मल गनसहित अग्रवाललाई रंगेहात पक्राउ गरेको थियो ।

अग्रवालकै शंकर ग्रुपअन्तर्गतको जगदम्बा स्टिलद्वारा उत्पादित फलामे डन्डी ९रड० र मंगला सिमेन्टको गुणस्तर कमजोर पाइएको भन्दै नेपाल गुणस्तर तथा नापतौल विभागले कानुनी कारबाहीको प्रक्रिया अघि बढाएसँगै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यस ग्रुपमार्फत सञ्चालित सबै लगानीमाथिको छानबिनलाई तीव्रता दिने बताएको हो ।

किर्गिस्तानका लागि नेपालका अवैतनिक राजदूतसमेत रहेका सुलभ अग्रवाल संलग्न शंकर ग्रुपमार्फत सञ्चालित जगदम्बा स्टिल उद्योग र मंगला सिमेन्ट उद्योगबाट अहिले गुणस्तरहीन निर्माण सामग्री उत्पादन गरेको पाइएपछि पुनः कारबाहीमा परेको हो । यसरी कारबाहीमा परेपछि आमउपभोक्ताबीच यो ग्रुप खराब व्यावसायिक घरानाको बदनामी सहन बाध्य भएको छ । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

 

प्रकाशित मिति : १ आश्विन २०७७, बिहिबार  ७ : १० बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं