५ श्रावण २०८३, मंगलबार | July 22, 2026

शंकर ग्रुपको ठगी धन्दाले सर्वसाधारणको घर जोखिममा, जगदम्बाका तीन सय टन गुणस्तरहीन डन्डी नष्ट गरिँदै



काठमाडौं । कथित उच्च घरानियाँ भनेर चिनिने शंकर ग्रुप ठगी धन्दामा मस्त भइरहँदा आमउपभोक्ता भने आफ्नो घर जुनसुकै समयमा पनि भत्किन सक्ने भन्दै रातदिन चिन्तित भएका छन् ।

शंकर ग्रुपद्वारा उत्पादित जगदम्बा ब्रान्डका गुणस्तरहीन फलामे डन्डी प्रयोग गरेर घर बनाएका सर्वसाधारण आफ्नो घर जुनसुकै समयमा पनि भत्किन सक्ने भयले चिन्तित भएका हुन् । भूकम्पको जोखिम र लगातारको पराकम्पले सर्वसाधारण जनताको घर हल्लिने र चर्कने डर छँदै छ । यस्तो अवस्थामा जगदम्बाको रड प्रयोग गरेर घर बनाउने हजारौं सर्वसाधारणको घर दिन प्रतिदिन जोखिमयुक्त बन्न थालेका हुन् ।

सर्वसाधारण जनतालाई विभिन्न झुटा नारा र आश्वासन दिएर ठगी धन्दा गर्दै आइरहेको शंकर ग्रुपको पछिल्लो जगदम्बा ब्रान्डका गुणस्तरहीन फलामे डन्डी फेला परेको पुष्टि भएपछि अहिले आमउपभोक्ता चिन्तित भएका हुन् ।

गुणस्तर तथा नापतौल विभागले ‘देशको मेरुदण्ड’ को भ्रामक नारा दिँदै बजारमा गुणस्तरहीन सामान बिक्री गरी उपभोक्ता ठगी धन्दामा मस्त शंकर ग्रुपको जगदम्बा स्टिल्सद्वारा उत्पादित १६ एमएमको टीएमटी बार फलामे डन्डी गुणस्तरहीन प्रमाणित गरी सो डन्डी उत्पादन र बिक्रीमा रोक लगाइसकेको छ ।

त्यसरी रोक लगाएपछि केही वर्षअघि सोही डन्डी प्रयोग गरेर घर निर्माण गरिसकेका उपभोक्तासमेत त्रसित भएका छन् । जगदम्बाा र शंकर ग्रुपमाथि विभागले कारबाहीको प्रक्रिया अघि बढाए पनि पछिल्लो समय आलटाल देखिएको छ । विभागले कारबाही प्रक्रियालाई तीव्र बनाउन नसक्दा ठगी धन्दा गर्नेहरूमा उल्टै उत्साह पलाउन थालेको छ ।

विभागले जगदम्बा स्टिल्स उद्योगबाट उत्पादित फलामे डन्डीको नमुना संकलन गरी आफ्नो प्रयोगशालामा परीक्षण गराउँदा तोकिएको गुणस्तरको मापदण्डअनुरूप नपाइएपछि कारबाहीको प्रक्रिया अघि बढाएको थियो । संकलित नमुनाअनुसार जगदम्बा स्टिलले आफ्नो उत्पादनमा कार्बोनको मान ०.३० प्रतिशत हुनुपर्नेमा अधिकतम ०.३५ प्रतिशत राखेको र सल्फरको परिमाण ०.०५५ प्रतिशत हुनुपर्नेमा अधिकतम ०.०६० प्रतिशत भेटिएको विभागले जनाएको छ ।

मापदण्ड परीक्षण गर्ने क्रममा सो उद्योगको डन्डी न्यून गुणस्तरको पाइएकाले नेपाल गुणस्तर प्रमाण चिह्न ऐन–२०३७ तथा नियमावली, २०४० को नियम (१६) बमोजिम कानुनी कारबाही प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जगदम्बाले डन्डी उत्पादन गर्दा मापदण्डभन्दा बढी केमिकल प्रयोग गरेर गुणस्तरमा बेवास्ता गरेको भेटिएपछि त्यस प्रकारको गुणस्तरहीन डन्डी बिक्रीमा रोक लगाइएको बताए ।

उनले सो ब्याचको सम्पूर्ण डन्डी बजारबाट फिर्ता लिनसमेत सो उद्योगलाई निर्देशन दिइएको जानकारी गराए । अब बजारमा बिक्री गरेको गुणस्तरहीन उत्पादन फिर्ता लिएर जानकारी गराउनसमेत निर्देशन दिएको बताउँदै पुडासैनीले भने, ‘अझै यस उद्योगले विभागको निर्देशन अटेर गरे थप कारबाही हुन्छ ।’

उनले अहिले बाराको सिमरास्थित उद्योगमा मौज्दात रहेको १६ एमएमका करिब ३०० टन डन्डी विभागको प्रतिनिधिको रोहवरमा स्क्राप (नष्ट) गर्न विभागबाट प्राविधिकको टोली त्यसतर्फ जाने बताए ।

विभागले निर्देशन दिएकै दिनबाट सो उद्योगको उत्पादन बन्द भएको जानकारी गराउँदै महानिर्देशक पुडासैनीले सो साइजको डन्डी उत्पादनको गुणस्तर नसुधारेमा अहिले रोकिएको इजाजत नै रद्द नै हुने बताए । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ७ : ०९ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं