५ श्रावण २०८३, मंगलबार | July 22, 2026

शंकर ग्रुपको अर्को बदमासी : जगदम्बा हस्पिटालिटीद्वारा निर्माणाधीन हिल्टन होटलको बलमिचाइ



काठमाडौं । शंकर ग्रुपअन्तर्गतको जगदम्बा हस्पिटालिटीले निर्माण गरिरहेको हिल्टन होटलले स्थानीयलाई निकै सास्ती दिँदै आएको पाइएको छ ।

सो होटलले निर्माणका क्रममा पालना गर्नुपर्ने न्यूनतम मापदण्डलाई समेत बेवास्ता गर्दै आइरहेको छ । जगदम्बा स्टिल्सद्वारा उत्पादित १६ एमएमको टीएमटी बार फलामे डन्डी पनि शंकर गु्रपअन्तर्गतकै हो । यो डन्डी गुणस्तरहीन प्रमाणित भई कारबाहीमा परिसकेको छ ।

होटलले निर्माण मापदण्डलाई पूर्ण बेवास्ता गरे पनि सम्बन्धित निकायले कारबाही प्रक्रिया अगाडि बढाउन सकेको छैन । मापदण्डअनुसार शंकर ग्रुपको कम्पनीले सँधियारसँग अनिवार्य स्वीकृति लिनुपर्छ । साथै निर्माण सामग्रीको परीक्षण रिपोर्ट पनि बुझाउनुपर्छ । यसैगरी, वातावरणीय प्रभाव मूल्यांकन, माटो परीक्षण र साइट प्रोटेक्सनको काम अनिवार्य रूपमा गर्नुपर्छ । तर, शक्तिको आडमा जगदम्बा हस्पिटालिटीले यी सबै मापदण्डको खिल्ली उडाउने काम गर्दै आएको छ ।

राजनीतिक शक्ति र पैसाको भरमा आफ्ना गल्ती कमजोरी ढाकछोप गरी बलमिचाइ गर्दै आएको जगदम्बा हस्पिटालिटीले होटल निर्माणका क्रममा सडकसमेत मिचेको पाइएको छ । होटल निर्माण गर्दा भवन निर्माणको मापदण्डसमेत लत्याएकाले त्यसले भविष्यमा गम्भीर क्षति निम्ताउन सक्ने देखिएको छ ।

शंकर ग्रुपले जगदम्बा हस्पिटालिटी र हिल्टन वल्र्डवाइडको लगानीमा काठमाडौंको नक्साल भगवतीबहाल मन्दिर नजिकै निर्माण गरिरहेको पाँचतारे हिल्टन होटलको जग हाल्ने बेला नक्सालका स्थानीयलाई निकै सास्ती दिएको थियो । स्थानीय अझै पनि सो होटेलबाट निकै असुरक्षित महसुस गरिरहेका छन् ।

पाँच रोपनी जग्गामा करिब ४ अर्ब रुपैयाँ लगानी गरेर होटल बनाइँदै छ । दुई तला बेसमेन्टसहित १५ तले यस होटलको जग हाल्ने बेला २०७३ सालको पुसमा नक्साल भगवतीबहाल मन्दिरचोकदेखि प्रहरी प्रधान कार्यालयतर्फ जाने सडक निकै गहिरो गरी भासिएको थियो । जसका कारण केही समय त्यस सडकको सवारी साधन सञ्चालनमा समेत अवरोध हुन पुगेको थियो । सो समय दुईतर्फी सडकको झन्डै आधाभन्दा बढी भाग भासिएर ठूलो खाडल परेको थियो ।

जग खन्नेबेला ठूला मेसिन प्रयोग गरी जमिनमुनि धेरै गहिरो खनेर ठूलो भूकम्पभन्दा बढी थर्काएका कारण होटल वरिपरिका छिमेकी आन्दोलनमै उत्रिएका थिए । त्यसबेला नक्सालका स्थानीय आफ्नो घर नै भत्किने सक्ने भन्दै आन्दोलित भएका थिए । केहीले जोखिममा परेको घर छोडेर अन्तै डेरा लिएर बस्नुपरेको थियो ।

त्यसबेला आन्दोलनमा उत्रिएका केही व्यक्तिको घर किनेर र होटल नजिकैका केही पसलेलाई शंकर ग्रुपले प्रतिव्यक्ति २५ हजार रुपैयाँ थमाएर सो आन्दोलन मत्थर पारेको थियो । त्यसबेला डबल ट्री हिल्टन होटलको नक्सा स्वीकृत मापदण्डमै समस्या देखिएको भनेर काठमाडौं महानगरपालिकामाथि समेत प्रश्न खडा गरिएको थियो ।

काठमाडौं महानगरपालिकासँग अनुमति लिई जगदम्बा हस्पिटालिटीले निर्माण सुरु गरेको हिल्टन होटलले सडक र पूर्वाधार निर्माणको मापदण्ड पूूरा नगरेको पाइएको भन्दै स्थानीयले विरोध जनाएका थिए । २०७२ सालको भूकम्पभन्दा केही महिनापछिबाट निर्माणको काम अघि बढाएको यस होटल अहिलेसम्म पनि निर्माणाधीन अवस्थामा छ । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ७ : ०८ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं