४ पुस २०८२, शुक्रबार | December 19, 2025

आजको मौसम : केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा, विभिन्न ७ जिल्लामा आकस्मिक बहावको सम्भावना



काठमाडौं । हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ रहेको छ ।

हाल देशभर सामान्य बदली रही सातै प्रदेशका केही स्थानहरु मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज विहान ५ बजे मापन भए अनुसार पछिल्लो ३ घन्टा बाँके, बर्दिया र कैलालीका भारतीय सीमा आसपास मध्ययम (ठुलो बर्षा) भएको र आसपासका स–साना नदीहरुमा बहाव केही बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले चेतावनी जारी गरेको छ ।

त्यसैगरी आज विहान ४ बजे मापन गरिए अनुसार पछिल्लो ३ घण्टा कास्कीको पोखरा लगायत कास्की, स्याङजा, तनहुँ र लमजुङको सीमा आसपास ठुलो बर्षा भ‌एको र थप बर्षा हुने रहेको छ ।

त्यस क्षेत्र आसपास भई बहने केही स‍–साना नदीहरुमा आकस्मिक बहाव हुन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ रसुदुरपश्चिम प्रदेशका एक, दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

आज रातीको मौसम देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक, दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहिबार  ७ : १४ बजे

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता

निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष,

एकता सन्देश सभामा सहभागी हुन पार्टी मातहतका कमिटीलाई आह्वान

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा