२ पुस २०८२, बुधबार | December 17, 2025

आज देशभरका सबै अदालतमा बिदा



काठमाडौं । आज देशभरका अदालत नखुल्ने भएका छन् ।

सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको निधनमा आज एक दिन देशभरका अदालतमा बिदा दिने निर्णय गरेको हो ।

१९७६ सालमा सप्तरीमा जन्मेका सिंहले २००३ सालदेखि सरकारी सेवामा वडाहाकिमको पदबाट सेवा सुरु गरेका थिए । २०१३ साल जेठ ८ गते प्रधानन्यायाधीश नियुक्त भएका थिए । उनले २०१६ असार १५ गतेसम्म प्रधानन्यायाधीशका रुपमा काम गरेका थिए ।

काठमाण्डौको बत्तिसपुतली बस्दै आएका पूर्व-प्रधानन्यायाधीश सिंहको ओम अस्पतालमा मंगलबार राति निधन भएको थियो ।

सर्वोच्च अदालतको हिजो बसेको आकस्मिक पूर्ण बैठकले पूर्व-प्रधानन्यायाधीश सिंहको निधनप्रति दुःख व्यक्त गर्दै सर्वोच्च अदालत सहित देशभरका अदालतमा एक दिन शोक बिदा दिने निर्णय गरेको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहिबार  ७ : ४३ बजे

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौं । नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको