२३ भदौ २०८३, मंगलबार | September 8, 2026

आज देशभरका सबै अदालतमा बिदा



काठमाडौं । आज देशभरका अदालत नखुल्ने भएका छन् ।

सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको निधनमा आज एक दिन देशभरका अदालतमा बिदा दिने निर्णय गरेको हो ।

१९७६ सालमा सप्तरीमा जन्मेका सिंहले २००३ सालदेखि सरकारी सेवामा वडाहाकिमको पदबाट सेवा सुरु गरेका थिए । २०१३ साल जेठ ८ गते प्रधानन्यायाधीश नियुक्त भएका थिए । उनले २०१६ असार १५ गतेसम्म प्रधानन्यायाधीशका रुपमा काम गरेका थिए ।

काठमाण्डौको बत्तिसपुतली बस्दै आएका पूर्व-प्रधानन्यायाधीश सिंहको ओम अस्पतालमा मंगलबार राति निधन भएको थियो ।

सर्वोच्च अदालतको हिजो बसेको आकस्मिक पूर्ण बैठकले पूर्व-प्रधानन्यायाधीश सिंहको निधनप्रति दुःख व्यक्त गर्दै सर्वोच्च अदालत सहित देशभरका अदालतमा एक दिन शोक बिदा दिने निर्णय गरेको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहिबार  ७ : ४३ बजे

पोखरा–दुबई उडानलाई दिगो बनाउने प्रतिबद्धता

पाखरा । पोखरेली पर्यटन व्यवसायीले आगामी असोज ७ देखि सुरु

चीनले चौँथोपटक पठायो रसुवा बाढीपिडीतका लागि राहत सामग्री

काठमाडौँ। चीनले रसुवा बाढीपिडीतका लागि चौँथोपटक राहत सामग्री पठाएको छ

ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ

काठमाडौ । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला, पाँच हजार ३२६ जना सम्पर्कविहीन

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी

पहिरोमा छात्र पुनको मृत्यु

तुलसीपुर । राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीको पहिरोमा परी