२३ भदौ २०८३, मंगलबार | September 8, 2026

प्रदूषित पानी वितरण नगर्न अदालतको अन्तरिम आदेश



कास्की । उच्च अदालत पोखराले खानेपानी संस्थानले पोखरामा वितरण गर्ने पानीमा स्वच्छता कायम राख्न आदेश जारी गरेको छ ।

अधिवक्तासमेत रहेकी मीनाकुमारी रानाभाटले संस्थानले पोखरा नगरमा वितरण गरेको खानेपानीको धारामा प्रदूषणयुक्त पानी आउने भएकाले त्यस्तो पानी आपूर्ति नगर्न/नगराउनका लागि संस्थान, पोखरा महानगर तथा भौतिक पूर्वाधार विकास मन्त्रालयलाई विपक्षी बनाएर अन्तरिम आदेशको माग सहित रीट दायर गरेको उच्च अदालतका न्यायाधीशद्धय प्रमोद कुमार श्रेष्ठ बैद्य र विनोद मोहन आचार्यको संयुक्त इजलासले सोमबार संस्थानका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

उच्च अदालतले यथोचित प्रभावकारी व्यवस्थापनको कार्य गर्न विपक्षी खानेपानी संस्थानका नाममा आदेश गरेको हो । त्यसैगरी संस्थानले वितरण गरेको पानी पिउन योग्य छ वा छैन तथा हालै गरिएको प्रयोगशाला परीक्षण सहितको प्रतिवेदन पेशीका दिनमा पेश गर्न भनिएको छ ।

संस्थानले उल्लेखित कार्य गरे, नगरेको र खानेपानीको मुहानको अवस्था के कस्तो छ सोको अनुगमन गरी पोखरा महानगरपालिका र भौतिक पूर्वाधार विकास मन्त्रालय गण्डकी प्रदेशको समन्वयबाट गर्न र सोको प्रतिवेदन पेशीका दिन पेश गर्न समेत आदेशमा भनिएको छ । रासस

प्रकाशित मिति : ३० भदौ २०७७, मंगलबार  ६ : ०२ बजे

पोखरा–दुबई उडानलाई दिगो बनाउने प्रतिबद्धता

पाखरा । पोखरेली पर्यटन व्यवसायीले आगामी असोज ७ देखि सुरु

चीनले चौँथोपटक पठायो रसुवा बाढीपिडीतका लागि राहत सामग्री

काठमाडौँ। चीनले रसुवा बाढीपिडीतका लागि चौँथोपटक राहत सामग्री पठाएको छ

ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ

काठमाडौ । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला, पाँच हजार ३२६ जना सम्पर्कविहीन

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी

पहिरोमा छात्र पुनको मृत्यु

तुलसीपुर । राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीको पहिरोमा परी