१२ श्रावण २०८१, शनिबार | July 27, 2024

छ महिनापछि बाँकेमा सार्वजनिक यातायात सञ्चालन, होटलमा पनि चहलपहल



नेपालगन्ज । बाँकेमा कोरोना भाइरस महामारीका कारण बन्द रहेका सार्वजनिक सवारी साधन आजदेखि सञ्चालन भएका छन् ।

गत चैत महिनामा कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको बन्दाबन्दीसँगै बन्द भएका लामो दूरी तथा अन्तरजिल्ला सञ्चालन हुने सार्वजनिक सवारी साधन आजदेखि सञ्चालनमा आएका हुन् ।

नेपालगञ्ज बसपार्कमा बिहीबार बिहानैदेखि यातायात व्यवसायी, कर्मचारी, मजदुर र यात्रुको चहलपहल बढेको छ । लामो दूरी तथा अन्तरजिल्लाका लागि आजैदेखि बस सञ्चालनमा आएको राष्ट्रिय यातायात व्यवसायी महासङ्घका उपमहासचिव एवं भेरी बस व्यवसायी प्रालिका अध्यक्ष डेकनाथ गौतमले जानकारी दिए ।

“आजदेखि बस सञ्चालन शुरु भएको छ । आज ‘क्यू फ्री’ भएकोले यात्रु पाउनासाथ आफ्नै तरिकाले गाडी सञ्चालन भएका छन्”, गौतमले भने, “बसपार्कमा टिकट काउन्टर सबै खुलिसकेको छ, आजैदेखि लामो दूरीका गाडी पनि नियमित सञ्चालन हुन्छन् ।”

सरकारले कोरोना भाइरसको महामारीको समयमा गाडी सञ्चालन गर्दा बनाएको मापदण्डका आधारमा गाडीको सिट क्षमताको आधा मात्र यात्रु राख्ने, ५० प्रतिशतसम्म भाडा बढाउने र चालक, सहचालकले मास्क, सेनिटाइजर अनिवार्य प्रयोग गरेर बस सञ्चालन भएको उनले बताए ।

“यात्रुले पनि यात्रा अवधिभर मास्क लगाएर यात्रा गर्नुपर्नेछ । गाडी चढ्नुअघि यात्रुलाई सेनिटाइजरको व्यवस्था गरिएको छ”, गौतमले भन्नुभयो, “कोरोना भाइरसबाट जोगिनका लागि उच्च सुरक्षा सतर्कताका साथ नेपालगञ्जबाट आजैदखि मेची महाकाली सबैतिर लामो दूरीका बस सञ्चालन भएका छन् ।”

नेपालगञ्ज बसपार्कबाट सङ्घीय राजधानी काठमाडौं, पूर्वी नेपालका धरान, काँकडभिट्टा, विराटनगर, प्रदेश २ का जनकपुर, वीरगञ्ज, गण्डकी प्रदेशका पोखरा, बाग्लुङमा सीधा बससेवा सञ्चालन हुनेगरेको छ ।

यसबाहेक प्रदेश ५ का बुटवल, दाङ, कर्णाली प्रदेशका सुर्खेत, दैलेख, जुम्ला र सुदूरपश्चिम प्रदेशको धनगढी, महेन्द्रनगर, टीकापुरलगायतका स्थानमा समेत नियमित बस सेवा सञ्चालन हुने गरेका छन् ।

 

होटल व्यवसायमा चहलपहल

सार्वजनिक सवारी यातायात सञ्चालन ठप्प भएपछि सुनसान बनेका नेपालगञ्ज बसपार्क क्षेत्रका होटलमा पनि चहलपहल देखिएको छ ।

आजदेखि लामो दूरी तथा अन्तरजिल्लामा यातायात सञ्चालन भएपछि बिहानैदेखि बसपार्कमा पुगेका यात्रु, यातायात व्यवसायी र मजदुर तथा कर्मचारीे चहलपहको बढेको होटल व्यवसायी महासङ्घ बाँकेका अध्यक्ष भीमलाल कँडेलले जानकारी दिए ।

लामो दूरी तथा अन्तरजिल्लामा सार्वजनिक बसहरु सञ्चालन शुरु भएपछि होटल व्यवसायीसमेत व्यवसाय सञ्चालनको तयारीमा लागेको कँडेलले बताए ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहिबार  ५ : १७ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान