५ श्रावण २०८३, मंगलबार | July 21, 2026

नेपाल टेलिकमको संविधान दिवस अफर : ३ दिन युट्युव र फेसबुक अनलिमिटेड



काठमाडौं । नेपाल टेलिकमले संविधान दिवसको अवसर पारेर सामाजिक सञ्जाल युट्युव र फेसबुकका लागि आकर्षक अफर सार्वजनिक गरेको छ ।

संविधान दिवसको अवसर पारेर टेलिकमले असोज २, ३ र ४ गतेका लागि अनलिमिटेड युट्युव, अनलिमिटेड फेसबुक र ‘एड–अन प्याक’ उपलब्ध गराउने भएको हो ।

प्रयोगकर्ताले तीन दिनका लागि फेसबुक र युट्युवका लागि ५५ रुपैयाँमा छुटछुट्टै अफर खरिद गरी प्रयोग गर्न सक्ने टेलिकमले जनाएको छ ।

साथै, अनलिमिटेड युट्युब र अनलिमिटेड फेसबुक प्याकमध्ये कुनै एक प्याक खरिद गर्ने ग्राहकले ‘एड–अन प्याक’को रुपमा १५ रुपैयाँ मा १ जीबी डाटाप्याक खरिद गरी डाटा प्रयोग गर्न सकिने सुविधा समेत उपलब्ध हुने टेलिकमले जनाएको छ । यो प्याक पनि खरिद गरेको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिनेछ ।

हाल समर अफर अन्तर्गत २८ दिनको समयावधि हुने १ जीबी पर डे डाटाप्याक ८५० रुपैयाँमा उपलब्ध भइरहेकोमा संविधान दिवसको अवसरमा यसमा ३४.७ प्रतिशतको भारी छुट समेत प्रदान गरिएको छ । जसअनुसार यो प्याक २०७७ असोज २, ३ र ४ गते जम्मा ५५५ रुपैयामा मात्रै उपलब्ध हुनेछ ।

संविधानदिवसका अवसरमा उपलब्ध गरिएका यी अफरहरु८ज्ञद्धज्ञछ८ज्ञज्ञ३ डायल गरी प्राप्त गर्न सकिनेछन् ।

साथै, ग्राहकवर्गको सहजताका लागि ‘नेपाल टेलिकम एप’बाट समेत यी प्याकहरु खरिद गर्न सकिने व्यवस्था गरिएको टेलिकमले जनाएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहिबार  ५ : ५१ बजे

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले