१२ बैशाख २०८१, बुधबार | April 24, 2024

नेपाल टेलिकमको संविधान दिवस अफर : ३ दिन युट्युव र फेसबुक अनलिमिटेड



काठमाडौं । नेपाल टेलिकमले संविधान दिवसको अवसर पारेर सामाजिक सञ्जाल युट्युव र फेसबुकका लागि आकर्षक अफर सार्वजनिक गरेको छ ।

संविधान दिवसको अवसर पारेर टेलिकमले असोज २, ३ र ४ गतेका लागि अनलिमिटेड युट्युव, अनलिमिटेड फेसबुक र ‘एड–अन प्याक’ उपलब्ध गराउने भएको हो ।

प्रयोगकर्ताले तीन दिनका लागि फेसबुक र युट्युवका लागि ५५ रुपैयाँमा छुटछुट्टै अफर खरिद गरी प्रयोग गर्न सक्ने टेलिकमले जनाएको छ ।

साथै, अनलिमिटेड युट्युब र अनलिमिटेड फेसबुक प्याकमध्ये कुनै एक प्याक खरिद गर्ने ग्राहकले ‘एड–अन प्याक’को रुपमा १५ रुपैयाँ मा १ जीबी डाटाप्याक खरिद गरी डाटा प्रयोग गर्न सकिने सुविधा समेत उपलब्ध हुने टेलिकमले जनाएको छ । यो प्याक पनि खरिद गरेको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिनेछ ।

हाल समर अफर अन्तर्गत २८ दिनको समयावधि हुने १ जीबी पर डे डाटाप्याक ८५० रुपैयाँमा उपलब्ध भइरहेकोमा संविधान दिवसको अवसरमा यसमा ३४.७ प्रतिशतको भारी छुट समेत प्रदान गरिएको छ । जसअनुसार यो प्याक २०७७ असोज २, ३ र ४ गते जम्मा ५५५ रुपैयामा मात्रै उपलब्ध हुनेछ ।

संविधानदिवसका अवसरमा उपलब्ध गरिएका यी अफरहरु८ज्ञद्धज्ञछ८ज्ञज्ञ३ डायल गरी प्राप्त गर्न सकिनेछन् ।

साथै, ग्राहकवर्गको सहजताका लागि ‘नेपाल टेलिकम एप’बाट समेत यी प्याकहरु खरिद गर्न सकिने व्यवस्था गरिएको टेलिकमले जनाएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहिबार  ५ : ५१ बजे

सूर्य नेपाल काठमाडौं ओपन – दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

बुटवलमा रहेको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ७ औं वर्षमा प्रवेश

बुटवल । युवा विशेषज्ञ चिकित्सकहरुको लगानीमा स्थापना भएको बुटवलमा सञ्चालित

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको