५ श्रावण २०८३, मंगलबार | July 22, 2026

माछापुच्छ्रे बैंकले १०.४ प्रतिशत लाभांस वितरण गर्ने



काठमाडौं । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०७६/७७ को खुद मुनाफाबाट चूक्ता पूँजीको १०.४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

बिहीबार बसेको बैंकको संचालक समितिको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले गत आर्थिक वर्षमा १ अर्व २६ करोड ५१ लाख रुपैया खुद नाफा गरेर प्रति शेयर आम्दानी १४ रुपैया ९६ पैसा कायम गरेको थियो ।

चुक्ता पूँजी ८ अर्व ४५ करोड ८४ लाख रहको माछापुच्छ्रे बैंकको साधारण जगेडा कोषमा १ अर्व ७० करोड रुपैया संचित रहेको छ ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंकको नेपालभर १५९ वटा शाखा रहेका छन् ।

यस्तै, १३३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा २९२ स्थानबाट बैंकले बैंकिङ्ग सेवा दिँदै आएको छ ।

बैंकले आफ्ना विभिन्न शाखाहरुबाट १९९ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पीओएस (POS Machine) बाट ग्राहकलाई बैकिङ्ग सुविधा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहिबार  ९ : २४ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं