२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

माछापुच्छ्रे बैंकले १०.४ प्रतिशत लाभांस वितरण गर्ने



काठमाडौं । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०७६/७७ को खुद मुनाफाबाट चूक्ता पूँजीको १०.४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

बिहीबार बसेको बैंकको संचालक समितिको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले गत आर्थिक वर्षमा १ अर्व २६ करोड ५१ लाख रुपैया खुद नाफा गरेर प्रति शेयर आम्दानी १४ रुपैया ९६ पैसा कायम गरेको थियो ।

चुक्ता पूँजी ८ अर्व ४५ करोड ८४ लाख रहको माछापुच्छ्रे बैंकको साधारण जगेडा कोषमा १ अर्व ७० करोड रुपैया संचित रहेको छ ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंकको नेपालभर १५९ वटा शाखा रहेका छन् ।

यस्तै, १३३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा २९२ स्थानबाट बैंकले बैंकिङ्ग सेवा दिँदै आएको छ ।

बैंकले आफ्ना विभिन्न शाखाहरुबाट १९९ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पीओएस (POS Machine) बाट ग्राहकलाई बैकिङ्ग सुविधा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहिबार  ९ : २४ बजे

एक सय रुपैयाँको नोटमा सरकारले नेपालको नयाँ नक्सा छाप्ने

काठमाडौं । सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको

झापामा १२को परीक्षा दिएर फर्किदै गरेकी छात्रामाथि गोली प्रहार

झापा। झापाको दमक स्थित हिमालय माध्यमिक विद्यालयमा परीक्षा दिएर फर्कदै

महानगरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढीले पाए रोजगारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३०

नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो

बाँकेमा ११ महिनामा १२ सुत्केरीको पर्याप्त उपचार नपाएर मृत्यु

नेपालगन्ज । मेडिकल हवकारुपमा दाबी गरिएको बाँकेमा चालु आर्थिक वर्षमा