१३ फाल्गुन २०८२, बुधबार | February 26, 2026

होम आइसोलेसनमा आठ हजार बढी संक्रमित



काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि होम आइसोलेसनमा बस्नेको संख्या बढ्दै गएको छ । सरकारले लक्षणविहीन संक्रमितलाई घरमै बस्न भनेपछि होम आइसोलेसनमा बस्नेको संख्या बढेको हो ।

हाल देशभर ८ हजार ३ सय ३८ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सबैभन्दा धेरै बाग्मती प्रदेशमा ४ हजार १ सय ८७ जना होम आइसोलेसनमा छन् ।

यस्तै, प्रदेश २ मा १ हजार २ सय ८७, प्रदेश १ मा १ हजार १ सय ७२, प्रदेश ५ मा १ हजार ६७, सुदूरपश्चिम प्रदेशमा ३ सय १३, गण्डकी प्रदेशमा १ सय ८२ र कर्णाली प्रदेशमा १ सय ३० जना होम आइसोलेसनमा छन् ।

कोरोना भाइरस संक्रमितमध्ये निको भएर जानेको संख्या बढ्दै गएको छ । हालसम्म देशभर ५९ हजार ५ सय ७३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ४२ हजार ९ सय ४९ जना निको भएर घर फर्किएका छन् ।

बिहीबार थप १ हजार २ सय ४३ जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १ हजार ३८ जना डिस्चार्ज भएका थिए । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार २ सय ४६ नयाँ कोरोना संक्रमित थपिएका छन् ।

हालसम्म देशभर ७ हजार ८ सय ८३ जना क्वारेन्टिनमा छन् । नेपालभर हालसम्म आरटी–पीसीआर प्रविधिबाट ८ लाख ८२ हजार ९ सय १५ जनाको कोरोना परीक्षण गरिएको छ । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ७ : ०४ बजे

अनलाइन ठगीमा परेका ३९२ नेपालीको उद्धार, सयौँ उद्धारको पर्खाइमा

काठमाडौैँ । पछिल्लो समय धेरै सङ्ख्यामा नेपाली नागरिक थाइल्याण्ड, लाओस

लोकतन्त्रमा जनता नै शक्तिशाली, जनताले चाहेपछि परिवर्तन सम्भव : शुधान्सु कोइराला

नेपालगन्ज । नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले लोकतन्त्रमा जनता

निष्पक्ष निर्वाचन गराउन राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष तपबहादुर मगरले आसन्न

नेकपा पहिलो दल बन्छ : संयोजक प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल

‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’

काठमाडौं । नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत अब्दुल्ला