११ फाल्गुन २०८२, सोमबार | February 23, 2026

संयुक्त राष्ट्रसंघको ७५औं महासभा : विश्वका १७३ नेताले भर्चुअल सम्बोधन गर्ने



संयुक्त राष्ट्रसंघको अर्को हप्ताबाट सुरु हुने महासभालाई विश्वका १७३ देशका नेताहरुले सम्बोधन गर्ने भएका छन् ।

कोभिड १९ को सङ्क्रमण विश्वमा नै नरोकिएका कारणले यस वर्षको संयुक्त राष्ट्रसंघको ७५ औँ महासभा भर्चुअल प्रविधिबाट आयोजना गरिने भएको हो ।

संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रका ११९ जना राज्य प्रमुखका साथै अरु ५४ जना सरकार प्रमुखहरुले सो सभालाई भर्चुअल विधिबाट नै सम्बोधन गर्न लागेका बताइएको हो ।

महासभा संयुक्त राष्ट्रसंघको सबैभन्दा ठूलो निकाय हो । यो निकायको सम्मेलन यस पटक कोभिड १९ को संक्रमणका कारण यसरी भर्चुअल विधिबाट हुन लागेको बताइएको छ ।

उक्त महासभाका लागि प्रवक्ता ब्रेन्दन बर्माले सो कुराको जानकारी दिएका हुन् । बर्माले भनेका छन्, बिहीबारसम्ममा १७४ जना विश्वका नेताहरुले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

बर्माले यसरी सम्बोधन गर्नेहरुमा विश्वका राज्य प्रमुखहरुमा ११९ जना रहनुभएको छ । उनीहरुसमेत १७३ वटा देशका नेताहरुले सो महासभामा सम्बोधनका लागि दर्ता गराएका छन् ।

न्युयोर्कमा संयुक्त राष्ट्रसंघको केन्द्रीय कार्यालयमा विश्वका देशका प्रतिनिधिहरु पुगिसकेका छन् । सदस्य राष्ट्रका नेताहरुले आफूले गर्ने सम्बोधनको रेकर्ड गरिएको प्रति पहिले नै उपलब्ध गराउने छन् र आ–आफ्नो देशको पालो अनुसार उनीहरुको सो सम्बोधन प्रस्तुत गरिने छ ।

पहिलेका वर्षहरुमा करिब १०० वटा देशका प्रतिनिधिहरुले संयुक्त राष्ट्रसंघको महासभामा उपस्थित भएर सम्बोधन गर्ने कार्यक्रम रहेकोमा यस पटक भने भर्चुअल विधिबाटै गरिने भएकोले सो संख्या धेरै हुन पुगेको बताइएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ११ : ५५ बजे

पोखरादेखि ३४ यात्रु लिएर काठमाडौं जाँदै थियो धादिङमा दुर्घटनामा परेको बस : पृथ्वी राजमार्ग बस सञ्चालक समिति

गण्डकी । धादिङको बेनीघाट रोराङ गाउँपालिका-५ भैँसीगौडामा आज विहान दुर्घटना

धादिङ बस दुर्घटना अपडेट : दुई विदेशीसहित १७ जनाको मृत्यु, उद्धार सकियो

मलेखु । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-७ चरौदी

कालीगण्डकी लोकमार्ग : लमाएखोलामा दुईवर्षमा सम्पन्न हुनुपर्ने पुल आठ वर्षपछि सम्पन्न

पर्वत । उत्तर-दक्षीण जोड्ने राष्ट्रिय गौरबको आयोजना कालीगण्डकी लोकमार्गको पर्वत

बुटवलमा वडाध्यक्षसहित ५५ जना युवाहरु एमालेमा समाहित, विष्णु पौडेलले गरे स्वागत

बुटवल । बुटवलमा निर्वाचित वडाध्यक्षसहित ५५ जना युवा नेकपा एमालेमा