२१ मंसिर २०८२, आइतबार | December 7, 2025

सरकार संविधानको मर्म विपरित चल्यो : काँग्रेस नेता सिंह



काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सत्तारुढ दल नेकपा संविधानको मर्म विपरित केन्द्रिकृत प्रणालीमा अगाडि बढिरहेको आरोप लगाएका छन् ।

काँग्रेसका सर्वोच्च कमाण्डर गणेशमान सिंहको स्मृति दिवसमा आयोजित कार्यक्रममा अवशरमा बोल्दै नेता सिंहले दुई तिहाइ बहुमत भएको पार्टी केन्द्रिकृत प्रणालीलाई स्थापित गर्न अगाडि बढिरहेको आरोप लगाएका हुन् ।

संविधान कार्यान्वयनको चरणमा भएपनि सरकारको रबैया केन्द्रिकृत प्रणालीमा जाने गरी अगाडि बढिरहेको सिंहले बताए ।

संविधान दिवसका पूर्व सन्ध्यामा नेता सिंहले देश संघीय संरचनामा गएर अहिले स्थानीय र प्रदेश सरकारहरु भएपनि उनीहरुलाई काम गर्न सत्तारुढ दलले बाधा पु-याइरहेको आरोप लगाए ।

जनता कोरोना महामारीको चपेटामा रहेपनि सरकारले उनीहरुलाई सुरक्षित महसुस गराउन नसकेको उनले बताए । महामारीका बेला गुर्नपर्ने न्यूनतम काम समेत सरकारले गर्न नसकेको उल्लेख गर्दै नेता सिंहले औषधि उपकरण खरिदमा समेत घोटाला गरेर जनताको चित्त दुखाइरहेको जिकिर गरे ।

२०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २३ औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ । दिवसकै अवशरमा नेता प्रकाशमान सिहले गणेशमान सिंहको फोटोमा माल्यार्पण गरेका छन् ।

विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मेका नेता सिंहको निधन २०५४ साल असोज २ गते भएको हो । गणेशमान सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  १ : २३ बजे

किशोर किशोरी डिजिटल पार्क सञ्चालन गर्दै बागमती प्रदेश स्वास्थ्य मन्त्रालय

भक्तपुर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सुरक्षित व्यवहार

सुनको मूल्य तोलामा दुई लाख ५२ हजार २०० कायम

काठमाडौं । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

गृहजिल्लामा जनार्दन शर्मा विरुद्ध कालोझण्डा प्रदर्शन

काठमाडौं । पूर्वमाओवादी नेता जनार्दन शर्मालाई गृहजिल्ला रुकुम पश्चिममा उनका

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

प्रतिनिधि छनौटमा पाखुरा सुर्किएको भन्दै गोकुल बास्कोटा भन्छन् – ‘घातक संस्कार हुर्कन दिन हुँदैन’

काठमाडौं । नेकपा एमालेको महाधिवेशनअघिको प्रतिनिधि छनौट प्रक्रिया देशका विभिन्न