६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

तत्काल मल कारखाना खोल्ने प्रक्रिया अघि बढाउन सरकारलाई संसदीय समितिको निर्देशन



काठमाडौं । नेपालमै तत्काल कृषि मल कारखाना स्थापनाका लागि काम अगाडि बढाउन संसदीय समितिले तत्काल नेपालमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।

कृषकहरुले बाली लगाउने समयमा रासायनिक मल र खाद नपाउने समस्या विगत लामो समयदेखि भोग्दै आएकोले समस्या समाधान तर्फ मन्त्रालयलाई गम्भिर हुन समितिले निर्देशन दिएको हो ।

जीविकोपाजर्नको आधार र कुल ग्रहस्त उत्पादनमा प्रमुख योगदान पु¥याउने कृषि क्षेत्रमा मलको माग उच्च रहकाले देशभित्र नै मल कारखाना स्थापनाका लागि विलम्ब नगरी आवश्यक प्रकृया अगाडी बढाउन कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले निर्देशन दिएको हो ।

समितिले शुक्रबार छलफलपछि नेपालमा आवश्यक मलको मौज्दात र आयात प्रकृयामा रहेको मलको परिमाणका आधारमा आगामी दिनमा अभाव नहुने कुरामा सजग हुन पनि मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति पूर्णकुमारी सुवेदीले बताइन ।

यस्तै समितिले कृषकहरुलाई समयमै मल उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाउन र चालु आर्थिक वर्षमा रासायनिक मल आयात गरिएको मलको परिणाम र वितरणको तयारीका विषयमा विस्तृत विवरण ७ दिनभित्र समितिमा पेश गर्न पनि निर्देशन दिइएको छ ।

अहिले देशभरीमा ५० प्रतिशत कृषकले मात्रै सरकारी अनुदान प्राप्त गरिरहेको सन्दर्भमा मलमा दिएको अनुदानलाई पुनरावलोकन गरी सबै किसाहरुलाई रासायनिक मल अनुदानमा दिन तराई र मध्य पहाडी जिल्लामा गोदाम घरको व्यवस्था मिलाउन पनि समितिले निर्देशन दिएको समिति सभापति सुवेदीले बताइन ।

समितिले मल क्षेत्रसँग सम्बिन्धित समसया सामधानका लागि मन्त्रालयले बनाएका अल्पकालिन र दिर्घकालिन योजनाहरु अबिलम्ब समितिलाई उपलब्ध गराउन पनि निर्देशन दिएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ५ : ०३ बजे

म्यानचेस्टर सीटीका फोडेन बने प्रिमियर लिगको उत्कृष्ट खेलाडी

काठमाडौं । फिल फोडेन यस सिजनको प्रिमियर लिगको उत्कृष्ट खेलाडी

दोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका-४ डाँगाजाईँकी मन्तोरा रानाको दुई बिघा

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली-जामुनेको वैकल्पिक मार्ग घुम्ती-रानीटारीखण्ड १६

बुटवलको झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु, अन्य २ जना घाइते

बुटवल । बुटवलको झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एक जनाको

बैंगलुरु आइपिएलको प्लेअफमा प्रवेश

काठमाडौं । चेन्नइ सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलुरु