२० माघ २०८२, मंगलबार | February 3, 2026

कोरोना प्रभावितको स्वाथ्य लाभको कामना सहित एक्सपर्टले ग¥यो लुम्बिनीमा विशेष कार्यक्रम



बुटवल । एक्सपर्ट फाउन्डेसन नेपालको आयोजना र लायन्स क्लव अफ मणिग्रामको सहयोगमा नेपालमा पहिलो पटक भगवान गौतम बुद्ध जन्म स्थल लुम्बिनीमा विशेष कार्यक्रम गरिएको छ ।

विश्व स्वाथ्य संगठनको आग्रहमा विश्वरभर सेप्टेम्बर २१ का दिन साँझ ७ बजे विश्व सम्पदामा परेको स्थलमा ओरेन्ज कलरले रंगाएर विरामीहरुको स्वाथ्य लाभको कामना गर्ने कार्यक्रम अनुसार कोरोनाबाट विश्वभर प्रभावितहरुको लागि स्वाथ्य लाभको कामना सहित एक्सपर्ट फाउन्डेसनले लुम्बिनीमा कार्यक्रम गरेको हो ।

नेपालमा पहिलो पटक भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा कार्यक्रम गरिएको एक्सपर्ट फाउन्डेसन नेपालका अध्यक्ष रोशन कण्डेलले जानकारी दिए ।

‘विश्व स्वाथ्य सुरक्षा दिवस’ को अवसरमा गरिएको कार्यक्रम अनुसार गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई ओरेन्ज कलरको लाईटिङ्गले रंगाउनुको साथै स्वाथ्य लाभको कामना सहित दिप समेत प्रज्वल गरिएको हो ।

विश्व स्वाथ्य संगठनको पुर्णरुपमा मापदण्डमा रहेर गरिएको कार्यक्रममा प्रदेश सभा सदस्य(सांसाद) सन्तोस पाण्डे, बिशिस्ट अतिथी लुम्बिनी सस्कृतिक नगरपालिका मेयर मनमोहन चौधरी, रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर खड्का, बिजयराज पौड्याल, डिभिजन कार्यालय रुपन्देही प्रमुख मुक्ती पान्डेय, लुम्बिनी बिकास कोस सदस्य सचिब ज्ञानेन्द्र राइ, प्रशासकिय अधिकृत जनक थापा, माया देबी मन्दिर गुरु भिक्षु बिबेकानन्द महाराज , प्याटेन्ट सेफ्टी नेपालमा अध्यक्ष बिजय भण्डारी, लायन्स मणिग्रामका अध्यक्ष सुरज लम्साल लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यलय रुपन्देही, उद्योग वन तथा पर्यटन मन्त्रालय प्रदेश ५, पर्यटन डिभिजन कार्यालय रुपन्देही, लुम्बिनी सन्स्कृतिक नगर पालिका, लुम्बिनी बिकास कोस, प्याटेन्ट सेफ्टी नेपाल, लुम्बिनी प्रदेशिक हस्पिटल लगायतले सहयोगी भुमिका निर्वाह गरेका थिए । अष्ट्रेलियमा स्थापना भएको एक्सपर्ट फाउन्डेसन विश्वका २१ देशमा फैलिएको छ ।

२ लाख डलरको कोडिभ १९ एक्सपर्ट सहयोग कोष स्थापना

यसै विच, एक्स्पर्ट एजुकेशन एंड भिसा सर्भिसेजले सधैं आफ्नो ब्यवसायिक सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कोडिभ १९ को कारणले अष्ट्रेलियामा अध्ययनरत अन्तराष्ट्रिय बिद्यार्थीहरुलाई पर्नसक्ने समस्याहरुमा सहयोग पुर्याउने उद्देश्यले कोष स्थापना गरेको छ ।

एक्स्पर्ट एजुकेशन एंड भिसा सर्भिसेजको परोपकारी गतिविधिका लागि संचालित संस्था एक्स्पर्ट फाउन्डेसनले २ लाख अस्ट्रेलियन डलरको “कोडिभ १९–एक्सपर्ट कोडिभ १९ को सहयोग कोष” स्थापना गरेको छ ।

यो निर्णयले कोभिड प्रभावित अन्तराष्ट्रिय बिद्यार्थीहरुलाइ केहि हदसम्म भएपनि सहयोग पुग्ने अपेक्षा आफुले लिएको एक्सपर्ट फाउन्डेसनले जनाएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ८ : १८ बजे

शान्ति-सुरक्षा कायम गर्न अपराधविरुद्ध कडाइका साथ उत्रिन्छौं : डीएसपी श्रीवास्तव

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलमा हालै सरुवा भई आएका

भूमध्यसागरमा चक्रपात ह्यारीको कारण एक हजारको मृत्यु

रोम । सन् २०२६ को जनवरीमा मात्र मध्य भूमध्यसागरीय क्षेत्रमा

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट

बुटवल उपमहानगरपालिकामा २५ गतेदेखि एचपिभी खोप सञ्चालन हुने

बुटवल । बुटवल उपमहानगरपालिकाले पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’

प्रतिनिधिसभा निर्वाचन : झापा-१ मा मतदाता फकाउँदै दलहरु

झापा । आसन्न प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा झापा निर्वाचन