१२ श्रावण २०८१, शनिबार | July 27, 2024

संविधान सर्वस्वीकार्य दस्तावेज बनेको छ : मुख्यमन्त्री पोखरेल



बुटवल । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले २०७२ मा जारी नेपालको संविधान कार्यान्वयन हुँदै जाँदा सबै पक्षबाट स्वीकार्यभएको पूर्ण सहमतिको दस्तावेजको रुपमा संविधान स्थापित भएको बताएका छन् ।

संविधान दिवसका अवसरमा शुभकामना सन्देश प्रेषित गर्दै मुख्यमन्त्री पोखरेलले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता,समावेशीकरण र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरी संविधानले सबै तह तप्का, वर्ग र क्षेत्रका नागरिकको हक अधिकार स्थापित गरेको दाबी गरेका छन् ।

पोखरेलले संघीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवनपद्धति र शैलीका रुपमा स्थापित गर्दै अघि बढिरहेको बताउंदै संघीय लोकतान्त्रिक गणतन्त्र नागरिकको जीवनपद्धती र शैलीका रुपमा स्थापित गर्न सबैले साझा संकल्प गर्नु पर्ने औंल्याएका छन् ।

मुख्यमन्त्री पोखरेलले नेपाली जनताले लामो समयदेखि गर्दै आएको एकताबद्ध संघर्षबाट वंश परम्परामा आधारित सामन्ती राजतन्त्रको अन्त्य भई नागरिकले शासनव्यवस्थाको नेतृत्व गर्ने लोकतान्त्रिक परिपाटीे निर्माण गर्न सम्भव भएको उल्लेख गर्दै नयाँ संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विधिवत रुपमा संस्थागत गरेको बताएका छन् ।

उनले सन्देशमा भनेका छन्, ‘संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता,समावेशीकरण र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरी संविधानले सबै तह तप्का, वर्ग र क्षेत्रका नागरिकको हक अधिकार स्थापित गरेको छ ।’

मुख्यमन्त्री पोखरेलले शुभकामना सन्देशमा मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवहारिक कार्यान्वयनको महत्वपूर्ण चरणमा रहेको उल्लेख गर्दै संविधान कार्यान्वयन गर्दै नागरिकको विकास र समृद्धिप्रतिको आकांक्षा पूरा गर्न सरकार दृढसंकल्पित रहेको स्मरण गराएका छन् ।

उनले संविधान दिवसका दिनले सबैलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन ब्यवस्थाको बलियो जगको माध्यमद्वारा राष्ट्रिय एकता र अखण्डता कायम गर्न, आपसी सद्भाव बढाउन, दीगो शान्ति, सुशासन तथा समृद्ध राष्ट्र निर्माणमा एकताबद्ध भई अघि बढ्न प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना समेत ब्यक्त गरेका छन् ।

पोखरेलले विश्व महामारीको रुपमा फैलिएको कोभिड—१९ ९कोरोना भाइरस० को असरले सिंगो समाज पिल्सिएको भन्दै लामो लकडाउन र निषेधाज्ञापछि क्रमशः स्वास्थ्य सुरक्षा सर्तकता र मापदण्ड पालना गरी समाजका विभिन्न क्षेत्र खुला हुँदै गरेको सन्देशमा उल्लेख गरेका छन् ।

लकडाउन र निधेषाज्ञा नभई खुला हुँदै जानुको अर्थ कोभिड—१९ नियन्त्रण भएको बुझ्नु नहने भन्दै मुख्यमन्त्री पोखरेलले कोरोनासँग जुध्दै हाम्रो दैनिकीलाई नियमित गर्न र गराउन अझ उच्च सतर्कता आवश्यक रहेको सन्देशमार्फत सचेत बनाएका छन् ।

उनले पर्व, उत्सव र दिवसमा ठूला खालका जमघटले जोखिम बढ्ने भएको भन्दै आम नागरिकलाई घर घरमा दिपावली गरेर संविधान दिवसलाई भव्य रुपमा मनाउन आह्वान समेत गरेका छन् ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ९ : २८ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्